चिया टिप्ने सिजन सुरु भएसँगै विदेशी चिया व्यवसायी इलाम आउन थाले

चिया टिप्ने सिजन सुरु भएसँगै विदेशी चिया व्यवसायी इलाम आउन थाले : Icon Khabar

काठमाडौं, वैशाख १७ । चिया संकलनको सिजन सुरु भएसँगै विदेशी चिया व्यवसायी इलाम आउन थालेका छन् । इलाममा तेस्रो मुलुकका चिया पारखी र चिया व्यवसायी चियाको गुणस्तर हेर्न आउने गरेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७ औं चिया दिवसको अवसरमा शनिबार पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ आयोजना गरेको छ । चिया स्वादमा भारत, जापान, चीन र अमेरिकाका चिया पारखीहरुको सहभागिता रहेको थियो । उनीहरुले चिया स्वादको अवसरमा चिया पनि किनेका थिए ।

नेपालमा पहिलो पटक अर्थोडक्स चिया लिलामीबाट बिक्री भएको छ । इलामको कन्याममा ‘डेमो अक्सन’ मार्फत उक्त चिया प्रतिकिलो १० हजारमा बिक्री भएको थियो । एक अमेरिकी नागरिकले प्रतिकिलो १० हजार रुपैयाँमा ‘अर्थोडक्स कालो चिया’ किनेका छन् । अमेरिकी नागरिक जेनीले लिलामीमा पाँच किलो अर्थोडक्स चिया ५० हजार रुपैयाँमा किनिन् ।

सूर्योदय चिया उत्पादक संघले उत्पादन गरेको चियाको किसानले प्रतिकिलो एक हजार रुपैयाँ मूल्य तोकेका छन् । त्यो मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले प्रतिकिलो १० हजार रुपैयाँ मूल्य बढाएका थिए ।

विश्व बजारमा लिलामीबाट चिया किनबेच हुने गरेको छ । नेपाली किसानले उत्पादन गरेको चिया भारतीय बजारमा सस्तो मूल्यमा बिक्री भइरहेको किसानको गुनासो छ । नेपाली चिया लगायत तेस्रो मुलुकमा सीधै आफ्नो चिया निकासी हुनुपर्ने किसानको माग छ ।

Published Date: 30 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक