चिया टिप्ने सिजन सुरु भएसँगै विदेशी चिया व्यवसायी इलाम आउन थाले

चिया टिप्ने सिजन सुरु भएसँगै विदेशी चिया व्यवसायी इलाम आउन थाले : Icon Khabar

काठमाडौं, वैशाख १७ । चिया संकलनको सिजन सुरु भएसँगै विदेशी चिया व्यवसायी इलाम आउन थालेका छन् । इलाममा तेस्रो मुलुकका चिया पारखी र चिया व्यवसायी चियाको गुणस्तर हेर्न आउने गरेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७ औं चिया दिवसको अवसरमा शनिबार पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ आयोजना गरेको छ । चिया स्वादमा भारत, जापान, चीन र अमेरिकाका चिया पारखीहरुको सहभागिता रहेको थियो । उनीहरुले चिया स्वादको अवसरमा चिया पनि किनेका थिए ।

नेपालमा पहिलो पटक अर्थोडक्स चिया लिलामीबाट बिक्री भएको छ । इलामको कन्याममा ‘डेमो अक्सन’ मार्फत उक्त चिया प्रतिकिलो १० हजारमा बिक्री भएको थियो । एक अमेरिकी नागरिकले प्रतिकिलो १० हजार रुपैयाँमा ‘अर्थोडक्स कालो चिया’ किनेका छन् । अमेरिकी नागरिक जेनीले लिलामीमा पाँच किलो अर्थोडक्स चिया ५० हजार रुपैयाँमा किनिन् ।

सूर्योदय चिया उत्पादक संघले उत्पादन गरेको चियाको किसानले प्रतिकिलो एक हजार रुपैयाँ मूल्य तोकेका छन् । त्यो मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले प्रतिकिलो १० हजार रुपैयाँ मूल्य बढाएका थिए ।

विश्व बजारमा लिलामीबाट चिया किनबेच हुने गरेको छ । नेपाली किसानले उत्पादन गरेको चिया भारतीय बजारमा सस्तो मूल्यमा बिक्री भइरहेको किसानको गुनासो छ । नेपाली चिया लगायत तेस्रो मुलुकमा सीधै आफ्नो चिया निकासी हुनुपर्ने किसानको माग छ ।

Published Date: 30 April 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय