‘पर्वत पर्वतमा बटुवा घाम’ घाम बजारमा 

‘पर्वत पर्वतमा बटुवा घाम’ घाम बजारमा  : Icon Khabar

काठमाडौँ, वैशाख १५ । चर्चित कवि तथा प्रसिद्ध गीतकार रमेश क्षितिजको नयाँ कविता सङ्ग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ सार्वजनिक भएको छ ।
करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सृजना गरेका ५३ वटा जीवनपरक दार्शनिक कविता सङ्ग्रहमा सङ्ग्रहण गरिएका छन् । ५ खण्डमा विभाजित सङ्ग्रहका कविताबारे कवि अविनाश श्रेष्ठ भन्छन्, “पूर्वीय दर्शनलाई सरल तरिकाले भन्दै काव्यिक संवेदनाको शील्पलाई सरल ढंगले यस सङ्ग्रहका कविताले भनेका छन् ।”

उनी भन्छन्, “प्रकृति, जीवन, जगत् र मानवीय संवेदनाका विम्बहरूलाई सरल र सहज भाषाशैलीमा प्रस्तुत गर्न सक्नु कवि क्षितिजको विशेषता हो । उनका कविता मन्त्र जस्तै छैनन्, जीवनमन्त्र नै हुन् ।”

२०५६ सालमा ‘अर्को साँझ पर्खेर साँझमा’ र २०६६ मा ‘घर फर्किरहेको मानिस’ कविता सङ्ग्रहबाट नेपाली कविता जगतलाई धनी बनाएका कवि क्षितिजको ‘आफैँ आफ्नो साथी भएँ’ गीत सङ्ग्रहका साथै दर्जनौं गीतहरू लोकप्रिय छन् ।

“रमेश क्षितिजका कविता हरेक कवि र कविताप्रेमीका लागि प्रतीक्षित रहन्छन् । यो सङ्ग्रह त उनका फरक विम्बका कविताको सङ्ग्रह हो । त्यसैले यो निकै सङ्ग्रहणीय र पठनीय छ । यसले नेपाली काव्य जगतमा आफ्नो गर्विलो इतिहास बनाउनेछ !”, प्रकाशक बुकहिलले प्रेस विज्ञप्तिमा भनेको छ ।

५३ कविताको हार्ड कभर संस्करणको मूल्य जम्मा ४५५/- रुपैयाँ रहेको छ । साथै, बुकहिलले उनको पहिलो कविता सङ्ग्रह ‘अर्को साँझ पर्खेर साँझमा’ को हार्ड कभर संस्करण पनि यही कविता सङ्ग्रहसँगै सार्वजनिक गरेको छ, जसको मूल्य ४५५/- राखिएको छ । कवि क्षितिजका कविताको अन्तरक्रिया र एकल वाचन केही दिनमै हुने पनि प्रकाशक बुकहिलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 April 2023
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू