धेरै काँटी सहित चम्पा जिपलक बजारमा

धेरै काँटी सहित चम्पा जिपलक बजारमा : Icon Khabar

काठमाडौँ, वैशाख १५ । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटी सहितको जिपलक प्याकमा बजारमा सार्वजनिक गरेको छ ।

नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको यो जिपलक ठूलो तथा नयाँ संस्करण धेरै काँटी सहितको जिपलक प्याकमा उपलब्ध छ । यस जिपलक प्याकमा १६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरु रहेका छन् ।

जसको मूल्य रु. १०० प्रति प्याक कायम गरिएको छ । जिपलकमा उपलब्ध भएको कारणले मंगलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढि समयसम्म कायम रहने छ । कम्पनीका अनुसार हरेक पटकको प्रयोगमा ग्राहकहरुले उहि अद्भूत सुगन्ध प्राप्त गर्ने छन् ।

यस जिपलक प्याकले उत्कृष्ट गुणस्तरियता कायम राखी मंगलदीप ब्राण्डको छवि र ब्राण्ड प्रति उपभोक्ताको लगावलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ । १६५ वटा सुगन्धित एवं गुणस्तरिय काँटी भएकोले चम्पा जिपलक लामो समयसम्म चल्नेछ । जसले गर्दा छोटो अन्तरालमा अगरबत्ती खरिद गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

हरेक प्रयोगपछि जिपलक बन्द गरी सुरक्षित तवरले राख्दा सहज भण्डारीकरणको साथै गुणस्तरियतामा कुनै ह्रास नआउने कम्पनीले जनाएको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जली लगायतका विभिन्न ब्राण्डहरु बजारमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 April 2023
Website | + posts
ताजा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो
लिपुलेकमा नेपालको दाबी स्वीकार्य हुँदैन : भारत


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू