धेरै काँटी सहित चम्पा जिपलक बजारमा

धेरै काँटी सहित चम्पा जिपलक बजारमा : Icon Khabar

काठमाडौँ, वैशाख १५ । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटी सहितको जिपलक प्याकमा बजारमा सार्वजनिक गरेको छ ।

नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको यो जिपलक ठूलो तथा नयाँ संस्करण धेरै काँटी सहितको जिपलक प्याकमा उपलब्ध छ । यस जिपलक प्याकमा १६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरु रहेका छन् ।

जसको मूल्य रु. १०० प्रति प्याक कायम गरिएको छ । जिपलकमा उपलब्ध भएको कारणले मंगलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढि समयसम्म कायम रहने छ । कम्पनीका अनुसार हरेक पटकको प्रयोगमा ग्राहकहरुले उहि अद्भूत सुगन्ध प्राप्त गर्ने छन् ।

यस जिपलक प्याकले उत्कृष्ट गुणस्तरियता कायम राखी मंगलदीप ब्राण्डको छवि र ब्राण्ड प्रति उपभोक्ताको लगावलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ । १६५ वटा सुगन्धित एवं गुणस्तरिय काँटी भएकोले चम्पा जिपलक लामो समयसम्म चल्नेछ । जसले गर्दा छोटो अन्तरालमा अगरबत्ती खरिद गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

हरेक प्रयोगपछि जिपलक बन्द गरी सुरक्षित तवरले राख्दा सहज भण्डारीकरणको साथै गुणस्तरियतामा कुनै ह्रास नआउने कम्पनीले जनाएको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जली लगायतका विभिन्न ब्राण्डहरु बजारमा उपलब्ध छन् ।

Published Date: 28 April 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु