केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा, भोलिदेखि सुरू

केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा, भोलिदेखि सुरू : Icon Khabar

काठमाडौं, बैशाख १४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा खेलाडी सहभागी गराउन स्थानिय तह, जिल्ला र प्रदेश छनोट प्रतियोगिता आयोजना गरिएको थियो । माध्यमिक तहमा अध्ययनरत १८ वर्षमुनिका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान छ ।

एथलेटिक्सतर्फ छात्र÷छात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्र÷छात्रामा समान १–१, करातेतर्फ छात्र÷छात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्र÷छात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल र तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका सदस्य–सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिने छ । कुल पुरस्कार राशी ८ लाख ८५ हजार रुपैयाँ रहेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ । मार्च पास्टमा शीर्ष तीन स्थान हात पार्नेलाई पनि छुट्टै नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उपराष्ट्रपति रामसहाय प्रसादले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

Published Date: 27 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय