बिहिबार नेप्से परिसूचक २.२७ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक २.२७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख १३ । बिहिबार नेप्से परिसूचक २.२७ अंक घटेर १८८९.७३ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ८४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा आज २६९ स्टकको २१ हजार ८५१ पटकको कारोबारमा ७३ करोड ९६ लाख रुपैयाँ बराबरको २१ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशत बढेको छ। सो उपसमूहको परिसूचक यस दिन ६४.३२ अंक बढेर ३५७६.९४ विन्दुमा पुगेको छ।

त्यसैगरी, आज बैंकिङ्ग उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज सर्वाधिक १.२८ प्रतिशत घटेको छ। अन्य उपसमूहको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

Published Date: 27 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी