बिहिबार नेप्से परिसूचक २.२७ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक २.२७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख १३ । बिहिबार नेप्से परिसूचक २.२७ अंक घटेर १८८९.७३ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ८४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा आज २६९ स्टकको २१ हजार ८५१ पटकको कारोबारमा ७३ करोड ९६ लाख रुपैयाँ बराबरको २१ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशत बढेको छ। सो उपसमूहको परिसूचक यस दिन ६४.३२ अंक बढेर ३५७६.९४ विन्दुमा पुगेको छ।

त्यसैगरी, आज बैंकिङ्ग उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज सर्वाधिक १.२८ प्रतिशत घटेको छ। अन्य उपसमूहको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 April 2023
Website | + posts