मधेस प्रदेशः प्रदेशसभाको पहिलो अधिवेशन आज

मधेस प्रदेशः प्रदेशसभाको पहिलो अधिवेशन आज : Icon Khabar

जनकपुरधाम, पुस । मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

त्यस्तै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन हुने सचिव यादवले बताए ।

बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा प्रदेशसभामा रहेका दलका प्रतिनिधिले वक्तव्य दिने र नियमावलीको नियम ७ बमोजिम सभामुखको निर्वाचनको मिति तोक्नेसम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीसमेत रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थानुसार यही पुस १४ गते प्रदेश प्रमुख हरिशङ्कर मिश्रले अधिवेशन आह्वान गरेका थिए। – रासस

Published Date: 02 January 2023
ताजा
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय