लुइस सुआरेज ब्राजिली क्लब ग्रेमियोमा आबद्ध 

लुइस सुआरेज ब्राजिली क्लब ग्रेमियोमा आबद्ध  : Icon Khabar
तस्बिर: मार्का

काठमाडौँ, पुष १७। उरुग्वेका स्ट्राइकर लुइस सुआरेज, फ्रि ट्रान्सफरमा रुपमा ब्राजिली क्लब ग्रेमियोमा आबद्ध भएका छन् । क्लबले फ्रि ट्रान्सफरमा रुपमा सुआरेजलाई २ सिजनको लागि सम्झौता भएको छ ।

यसै बिच सुआरेजले ट्वीटरमा थपे – “ग्रेमियोमा यो सुन्दर चुनौतीको लागि तयारी गर्दै, म त्यहाँ आउन र यसको आनन्द लिन पाउँदा उत्साहित छु ।”

३५ वर्षीय सुआरेज आफ्नो फेवरेट नम्बर ९ नै लगाउने भएका छन् । यस अघि भने सुआरेज डच क्लब ग्रोनिन्गन र आयाक्स, इंग्लिस कल्ब लिभरपुल, स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिड र हालै आफ्नो पुरानो उरुग्वेन क्लब नेसियोनलबाट खेलिसकेको थियो ।

यस बिच सुआरेजले आयाक्सबाट ८१ गोल, लिभरपुलबाट ६९ गोल, बार्सिलोनाबाट १४७ गोल र एट्लेटिको मड्रिडबाट ३२ गोल गर्न सफल भएका थिए । सन् २००२ देखि आफ्नो देशको लागि खेलेको १३७ खेलमा उनले ६८ गोल गर्न सफल भएका छन् ।

साउदी अरेबिया र एम. एल. एस. बाट आएको सबै प्रस्ताव सुआरेजले अस्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2023
अमन गारु
+ posts
ताजा
बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू