लुइस सुआरेज ब्राजिली क्लब ग्रेमियोमा आबद्ध 

लुइस सुआरेज ब्राजिली क्लब ग्रेमियोमा आबद्ध  : Icon Khabar
तस्बिर: मार्का

काठमाडौँ, पुष १७। उरुग्वेका स्ट्राइकर लुइस सुआरेज, फ्रि ट्रान्सफरमा रुपमा ब्राजिली क्लब ग्रेमियोमा आबद्ध भएका छन् । क्लबले फ्रि ट्रान्सफरमा रुपमा सुआरेजलाई २ सिजनको लागि सम्झौता भएको छ ।

यसै बिच सुआरेजले ट्वीटरमा थपे – “ग्रेमियोमा यो सुन्दर चुनौतीको लागि तयारी गर्दै, म त्यहाँ आउन र यसको आनन्द लिन पाउँदा उत्साहित छु ।”

३५ वर्षीय सुआरेज आफ्नो फेवरेट नम्बर ९ नै लगाउने भएका छन् । यस अघि भने सुआरेज डच क्लब ग्रोनिन्गन र आयाक्स, इंग्लिस कल्ब लिभरपुल, स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिड र हालै आफ्नो पुरानो उरुग्वेन क्लब नेसियोनलबाट खेलिसकेको थियो ।

यस बिच सुआरेजले आयाक्सबाट ८१ गोल, लिभरपुलबाट ६९ गोल, बार्सिलोनाबाट १४७ गोल र एट्लेटिको मड्रिडबाट ३२ गोल गर्न सफल भएका थिए । सन् २००२ देखि आफ्नो देशको लागि खेलेको १३७ खेलमा उनले ६८ गोल गर्न सफल भएका छन् ।

साउदी अरेबिया र एम. एल. एस. बाट आएको सबै प्रस्ताव सुआरेजले अस्वीकार गरेका थिए ।

Published Date: 01 January 2023
ताजा
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय