सामाजिक सुरक्षा भत्ता काट्दैनौ: अर्थमन्त्री महत

सामाजिक सुरक्षा भत्ता काट्दैनौ: अर्थमन्त्री महत : Icon Khabar

काठमाडौँ, वैशाख १४ । अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था नभएको बताएका छन्।

राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा भत्ता नकट्ने बताएका हुन ।

‘उनले भने ‘म आश्वस्त पार्न चाहन्छु, साधारण खर्चको शीर्षकमा तलब भत्ता पर्छ। सामाजिक सुरक्षा भत्ता पर्छ। प्रदेश, स्थानीय सरकारलाई दिने अनुदान पर्छ। स्वास्थ्य र शिक्षामा दिने अनुदान पनि पर्छ।

अहिले तलब भत्ता नै खुवाउन नसक्ने अवस्था होइन,’ उनले भने, ‘राज्य संयन्त्रका सबैले तलब पाउँछन्। सामाजिक भत्ता हटाउने अवस्थामा छैनौँ। हाम्रो कोसिस भनेको साधारण खर्च भित्रका सवारी खरिद गर्ने, संरचना बनाउनेमा कटौती गर्नेमा छ।’

Published Date: 27 April 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड