कोशी नामकरणको विरोधमा विराटनगरमा प्रदर्शन

कोशी नामकरणको विरोधमा विराटनगरमा प्रदर्शन : Icon Khabar

विराटनगर, असोज २ ।  कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट पक्षले मंगलबारदेखि पुन: विराटनगरमा आन्दोलन सुरु गरेका छन् ।

मंगलबार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्‍यालीसहित विराटनगर आएका पहिचान पक्षधरहरूले  विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कोशी नाम खारेज गर्नुपर्ने माग गर्नुका साथै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा पनि माग गरेका छन् ।

कार्कीकै  नेतृत्वको सरकारले गत १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी नामकरण गरेको थियो ।

पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विभिन्न राजनीतिक तथा सामाजिक संस्थाले कोशी नाम खारेज गर्न माग गर्दै आएका छन् ।

उनीहरुले मंगलबारदेखि प्रदर्शन गर्ने जानकारी पाएपछि सोमबार जिल्ला प्रशासन कार्यालय मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रदेशसभालगायत प्रमुख प्रशुसनिक निकायबाहिर प्रदर्शनमा २ महिनासम्मका लागि रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 September 2023
Website | + posts