कोशी नामकरणको विरोधमा विराटनगरमा प्रदर्शन

कोशी नामकरणको विरोधमा विराटनगरमा प्रदर्शन : Icon Khabar

विराटनगर, असोज २ ।  कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट पक्षले मंगलबारदेखि पुन: विराटनगरमा आन्दोलन सुरु गरेका छन् ।

मंगलबार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्‍यालीसहित विराटनगर आएका पहिचान पक्षधरहरूले  विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कोशी नाम खारेज गर्नुपर्ने माग गर्नुका साथै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा पनि माग गरेका छन् ।

कार्कीकै  नेतृत्वको सरकारले गत १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी नामकरण गरेको थियो ।

पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विभिन्न राजनीतिक तथा सामाजिक संस्थाले कोशी नाम खारेज गर्न माग गर्दै आएका छन् ।

उनीहरुले मंगलबारदेखि प्रदर्शन गर्ने जानकारी पाएपछि सोमबार जिल्ला प्रशासन कार्यालय मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रदेशसभालगायत प्रमुख प्रशुसनिक निकायबाहिर प्रदर्शनमा २ महिनासम्मका लागि रोक लगाएको छ ।

Published Date: 19 September 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड