भारतले खोल्यो धौलीगंगाको बाँध, महाकाली तटीय क्षेत्रमा सचेत रहन आग्रह

भारतले खोल्यो धौलीगंगाको बाँध, महाकाली तटीय क्षेत्रमा सचेत रहन आग्रह : Icon Khabar

धनगढी, भदौ १८ । भारतले चौंथो पटक धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा बाँधका ढोका सोमबार बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान ५ बजे बाँधका ढोका महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले सूचना जारी गर्दै सतर्कता अपनाउन यसअघि नै आग्रह गरेका थिए ।

भारतीय प्रशासनले बाँधको सिल्ट सफा गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतले मंगलबार बिहान पनि बाँधका ढोका खोल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 September 2023
Website | + posts