भारतले खोल्यो धौलीगंगाको बाँध, महाकाली तटीय क्षेत्रमा सचेत रहन आग्रह

भारतले खोल्यो धौलीगंगाको बाँध, महाकाली तटीय क्षेत्रमा सचेत रहन आग्रह : Icon Khabar

धनगढी, भदौ १८ । भारतले चौंथो पटक धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा बाँधका ढोका सोमबार बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान ५ बजे बाँधका ढोका महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले सूचना जारी गर्दै सतर्कता अपनाउन यसअघि नै आग्रह गरेका थिए ।

भारतीय प्रशासनले बाँधको सिल्ट सफा गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतले मंगलबार बिहान पनि बाँधका ढोका खोल्ने छ ।
Published Date: 04 September 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर