भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७१ हजार २२२ जनाले पाए कम्पनीको शेयर

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७१ हजार २२२ जनाले पाए कम्पनीको शेयर : Icon Khabar

काठमाडौं, भदौ १८ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएका छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेको थियो । जसमध्ये २ हजार ३८९ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । क्यापिटलका अनुसार कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

Published Date: 04 September 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर