वसन्त ऋतुमा सरकारद्वारा ४ सय ६३ पर्वतारोहीलाई सगरमाथा आरोहणको अनुमति प्रदान

वसन्त ऋतुमा सरकारद्वारा ४ सय ६३ पर्वतारोहीलाई सगरमाथा आरोहणको अनुमति प्रदान : Icon Khabar

काठमाडौं, वैशाख १३ । यस वसन्त ऋतुमा ४६३ पर्वतारोहीले सगरमाथा आरोहण गर्न सरकारबाट स्वीकृति पाएका छन् ।

पर्यटन विभागका अनुसार बुधबारसम्म माथि उल्लेखित संख्यामा आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको अनुमति पाएका छन् । यस सिजनका लागि कूल संख्या ४७० पुग्न सक्छ, अहिले अनुमति लिने प्रक्रियामा रहेकाले अन्य केहीले अनुमति लिने प्रक्रियामा छन्, विभागका शाखा अधिकृत विज्ञान कोइरालाले भने।

अनुमति पाएका धेरै पर्वतारोही अहिले सगरमाथा आधार शिविर र क्याम्प–२ पुगिसकेका कोइरालाले बताए । उनका अनुसार क्याम्प–४ सम्म पर्वतारोहण मार्ग निर्माण गरिएको छ ।

सरकारले सगरमाथा आरोहणका आरोहण अनुमतिपत्र जारी गरी रु ७३ करोड ७४ लाख रोयल्टी सङ्कलन गरेको छ । ।

Published Date: 26 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी