वसन्त ऋतुमा सरकारद्वारा ४ सय ६३ पर्वतारोहीलाई सगरमाथा आरोहणको अनुमति प्रदान

वसन्त ऋतुमा सरकारद्वारा ४ सय ६३ पर्वतारोहीलाई सगरमाथा आरोहणको अनुमति प्रदान : Icon Khabar

काठमाडौं, वैशाख १३ । यस वसन्त ऋतुमा ४६३ पर्वतारोहीले सगरमाथा आरोहण गर्न सरकारबाट स्वीकृति पाएका छन् ।

पर्यटन विभागका अनुसार बुधबारसम्म माथि उल्लेखित संख्यामा आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको अनुमति पाएका छन् । यस सिजनका लागि कूल संख्या ४७० पुग्न सक्छ, अहिले अनुमति लिने प्रक्रियामा रहेकाले अन्य केहीले अनुमति लिने प्रक्रियामा छन्, विभागका शाखा अधिकृत विज्ञान कोइरालाले भने।

अनुमति पाएका धेरै पर्वतारोही अहिले सगरमाथा आधार शिविर र क्याम्प–२ पुगिसकेका कोइरालाले बताए । उनका अनुसार क्याम्प–४ सम्म पर्वतारोहण मार्ग निर्माण गरिएको छ ।

सरकारले सगरमाथा आरोहणका आरोहण अनुमतिपत्र जारी गरी रु ७३ करोड ७४ लाख रोयल्टी सङ्कलन गरेको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 April 2023
Website | + posts