इटहरीमा स्कुल टु ओलम्पिक सम्पन्न

इटहरीमा स्कुल टु ओलम्पिक सम्पन्न : Icon Khabar

इटहरी, वैशाख १३ । कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डको आयोजना र नेपाल ओलम्पियन्स संघको संयोजनमा मंगलबार इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ ।

विधार्थीहरुलाई स्कुलबाट खेलकुदमा आबद्ध हुनु प्रेरित गर्ने उद्देश्यका साथ आयोजना भएको स्कुल टु ओलम्पिक कार्यक्रममा मोरङ र सुनसरीका विभिन्न विधालयका झन्डै ४ सय विधार्थीहरुको सहभागिता थियो ।

ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा रहेको टोलीमा कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, पुष्पराज ओझा, डम्बर कुवर, मेनुका राउत, टिकाराम श्रेष्ठको सहभागिता थियो । सोही टोलीमा त्यस्तै एसियाली खेलकुदकी कास्य पदक विजेता करातेकी सिता राई, राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्ता हरि खड्का पनि रहेका थिए ।

खेलाडीहरुले विधार्थीहरुलाई विद्यालयमा रहँदै आफूलाई रुची भएको खेलमा आबद्ध भएर प्रशिक्षण गरेको खण्डमा भविष्यमा सफलता मिल्न सक्नेमा सम्भावना बढी हुने बताए । उनीहरुले खेलकुदसँगै अध्ययनलाई पनि सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिएका थियो ।

त्यसअघि इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले स्कुल टु ओलम्पिक कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लले कोशी प्रदेशको राष्ट्रपति रनिङ शिल्ड छनोटका दौरान देशका ख्यातीप्राप्त खेलाडीले आ आफ्नो अनुभव साट्दा नयाँ खेलाडीहरुलाई प्रेरणा मिल्ने बताएका छन् ।

सोमबार राष्ट्रपति रनिङ शिल्डको उद्घाटनका दौरान प्रदेश खेलकुदले ओलम्पियन र अन्य खेलाडीलाई सम्मान गरेको थियो । स्कुल टु ओलम्पिक आयोजनाका लागि कोशी प्रदेश प्याब्सनले सहयोग गरेको थियो ।

त्यसअघि सोमबार राष्ट्रपति रनिङ शिल्डको उद्घाटनमा सहभागी हुनुका साथै सबै खेल एथलेटिक्स, भलिबल, तेक्वान्दो, कराते, कबड्डी र उसु प्रतियोगिताका आयोजनास्थलमा पुगि खेलाडीहरु हौसला बढाएका थिए।

स्थानिय खेलकुद प्रदेशसँगको समन्वयमा ओलम्पियन्स संघले देशव्यापी रुपमा स्कुल टु कार्यक्रम आयोजनाको लक्ष्य राखे अनुरुप यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सम्पन्न भइसकेको र भविष्यमा अन्य प्रदर्शनमा पनि आयोजना गरिने संघका अध्यक्ष विष्टले जानकारी दिए ।

ओलम्पियनहरुको टोलीले मंगलबार नै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की उनकै कार्यालयमा भेट गरि कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।

Published Date: 26 April 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी