एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा : Icon Khabar

ललितपुर, वैशाख १३ । विभागीय टोली एपीएफ क्लब ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार न्यु डायमण्ड क्लबलाई हराउँदै एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यु डायमण्डलाई ३-२ को सेटमा हराएको हो । एपीएफले न्यु डायमण्डलाई १७-२५, २५-१९, २३-२५, २५-२० र १५-१० ले हराएको हो ।जितसँगै एपीएफ समूह बी को विजेता बन्दै अन्तिम चारमा पुगेको छ । न्यु डायमण्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब एपीएफले बिहीबार हुने सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । त्यस्तै न्यु डायमण्डले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

पुरुषतर्फ एपीएफले पाटन मल्टिपल क्याम्पसलाई सोझो सेटमा हराएको छ । एपीएफले पाटनलाई २५–१७, २५–१० र २५–१८ ले हराएको हो ।अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ललितपुर महानगरपालिकालाई सोझो सेटमा हराएको छ । आर्मीले ललितपुरमाथि २५-११, २५-१७ र २५-२१ ले पराजित गर्यो ।प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

Published Date: 26 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक