एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा : Icon Khabar

ललितपुर, वैशाख १३ । विभागीय टोली एपीएफ क्लब ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार न्यु डायमण्ड क्लबलाई हराउँदै एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यु डायमण्डलाई ३-२ को सेटमा हराएको हो । एपीएफले न्यु डायमण्डलाई १७-२५, २५-१९, २३-२५, २५-२० र १५-१० ले हराएको हो ।जितसँगै एपीएफ समूह बी को विजेता बन्दै अन्तिम चारमा पुगेको छ । न्यु डायमण्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब एपीएफले बिहीबार हुने सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । त्यस्तै न्यु डायमण्डले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

पुरुषतर्फ एपीएफले पाटन मल्टिपल क्याम्पसलाई सोझो सेटमा हराएको छ । एपीएफले पाटनलाई २५–१७, २५–१० र २५–१८ ले हराएको हो ।अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ललितपुर महानगरपालिकालाई सोझो सेटमा हराएको छ । आर्मीले ललितपुरमाथि २५-११, २५-१७ र २५-२१ ले पराजित गर्यो ।प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

Published Date: 26 April 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ