अफगानिस्तानमा भएको कार दुर्घटनामा कम्तीमा पाँच यात्रुको मृत्यु, नौ जना घाइते

अफगानिस्तानमा भएको कार दुर्घटनामा कम्तीमा पाँच यात्रुको मृत्यु, नौ जना घाइते : Icon Khabar

अफगानिस्तान, वैशाख १३ । (सिन्ह्वा) अफगानिस्तानको पश्चिमी बाघिस प्रान्तमा भएको कार दुर्घटनामा कम्तीमा पाँच यात्रुको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बाला मुर्गाब जिल्लामा मंगलबार साँझ लापरवाहीका कारण कार पल्टिँदा एक बालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

घाइते महिला र बालबालिकासहित सबैलाई उपचारका लागि अस्पताल लगिएको छ । पूर्वी परवान प्रान्तमा सोमबार यस्तै सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

पहाडी मुलुकका भीडभाड सडक, यात्रा गर्दा सुरक्षा उपायको अभाव र धुलोले भरिएको राजमार्गमा लापरबाहीका कारण सवारी दुर्घटना हुने गरेको छ ।

युद्धग्रस्त देश अफगानिस्तानमा उपवास महिना रमजानको अन्त्यको लागि इद अल-फित्रको पहिलो दिन शुक्रबारदेखि कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ र अन्य २०० भन्दा बढी घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 April 2023
Website | + posts




ताजा
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो
कोरिया सरकारले नेपालमा छुट्टै भिसा सेन्टर स्थापना गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)