अफगानिस्तानमा भएको कार दुर्घटनामा कम्तीमा पाँच यात्रुको मृत्यु, नौ जना घाइते

अफगानिस्तानमा भएको कार दुर्घटनामा कम्तीमा पाँच यात्रुको मृत्यु, नौ जना घाइते : Icon Khabar

अफगानिस्तान, वैशाख १३ । (सिन्ह्वा) अफगानिस्तानको पश्चिमी बाघिस प्रान्तमा भएको कार दुर्घटनामा कम्तीमा पाँच यात्रुको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बाला मुर्गाब जिल्लामा मंगलबार साँझ लापरवाहीका कारण कार पल्टिँदा एक बालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

घाइते महिला र बालबालिकासहित सबैलाई उपचारका लागि अस्पताल लगिएको छ । पूर्वी परवान प्रान्तमा सोमबार यस्तै सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

पहाडी मुलुकका भीडभाड सडक, यात्रा गर्दा सुरक्षा उपायको अभाव र धुलोले भरिएको राजमार्गमा लापरबाहीका कारण सवारी दुर्घटना हुने गरेको छ ।

युद्धग्रस्त देश अफगानिस्तानमा उपवास महिना रमजानको अन्त्यको लागि इद अल-फित्रको पहिलो दिन शुक्रबारदेखि कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ र अन्य २०० भन्दा बढी घाइते भएका छन्।

Published Date: 26 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग