जापानका राजदूत किकुता युताका र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

जापानका राजदूत किकुता युताका र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, वैशाख १३ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग मंगलबार परराष्ट्र मन्त्रालय, सिंहदरबार, काठमाडौंमा शिष्टाचार भेट गरेका छन् ।

राजदूत किकुताले परराष्ट्रमन्त्री साउदलाई जापानका परराष्ट्रमन्त्री हायासी योशिमासाले नेपालको नयाँ परराष्ट्रमन्त्रीको रूपमा साउदको सफलतासँगै बधाई पत्रको प्रतिलिपि हस्तान्तरण गर्दै जापानी राजदूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०१५ को भूकम्पको आठौं वर्षगाँठको स्मरण गर्दै राजदूत किकुताले विपद् रोकथामका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै लचिलोपनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए र यस क्षेत्रमा जापानको अनुभव बाँड्ने इच्छा व्यक्त गरे । उनीहरुले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि विचार आदानप्रदान गरेका थिए ।

Published Date: 26 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी