जापानका राजदूत किकुता युताका र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

जापानका राजदूत किकुता युताका र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, वैशाख १३ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग मंगलबार परराष्ट्र मन्त्रालय, सिंहदरबार, काठमाडौंमा शिष्टाचार भेट गरेका छन् ।

राजदूत किकुताले परराष्ट्रमन्त्री साउदलाई जापानका परराष्ट्रमन्त्री हायासी योशिमासाले नेपालको नयाँ परराष्ट्रमन्त्रीको रूपमा साउदको सफलतासँगै बधाई पत्रको प्रतिलिपि हस्तान्तरण गर्दै जापानी राजदूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०१५ को भूकम्पको आठौं वर्षगाँठको स्मरण गर्दै राजदूत किकुताले विपद् रोकथामका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै लचिलोपनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए र यस क्षेत्रमा जापानको अनुभव बाँड्ने इच्छा व्यक्त गरे । उनीहरुले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि विचार आदानप्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 April 2023
Website | + posts
ताजा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू