सरकारले २० अर्ब आन्तरिक ऋण जुटाउने , राष्ट्र बैंकले २८ अर्ब ६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

सरकारले २० अर्ब आन्तरिक ऋण जुटाउने , राष्ट्र बैंकले २८ अर्ब ६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने : Icon Khabar

काठमाडौं, वैशाख ११ । नेपाल सरकारले सोमबार ट्रेजरी बिलमार्फत २० अर्ब रुपैयाँ आन्तरिक ऋण जुटाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार २८ अर्ब ६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

जसमध्ये राष्ट्रिय ऋण वार्ता तालिका अनुसार २० अर्ब रुपैयाँ नयाँ ऋण परिचालन गरिने र ८ अर्ब ६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि वार्ता हुने राष्ट्र बैंकले जनाएको छ ।

सोमबार २८ दिने ९१ दिने ट्रेजरी बिल मार्फत १० अर्ब रुपैयाँमध्ये ५ अर्ब रुपैयाँ, १८२ दिने ट्रेजरी बिलबाट ६ अर्ब रुपैयाँ र ३६४ दिने ट्रेजरी बिलबाट ४ अर्ब रुपैयाँ २० रुपैयाँ संकलन हुने भएको छ ।

त्यसैगरी रु ५ अर्बको ट्रेजरी बिल २८ दिनका लागि र रु ३ अर्ब ६० करोडको ट्रेजरी बिल ९१ दिनका लागि नवीकरण गर्ने विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 April 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने