सरकारले २० अर्ब आन्तरिक ऋण जुटाउने , राष्ट्र बैंकले २८ अर्ब ६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

सरकारले २० अर्ब आन्तरिक ऋण जुटाउने , राष्ट्र बैंकले २८ अर्ब ६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने : Icon Khabar

काठमाडौं, वैशाख ११ । नेपाल सरकारले सोमबार ट्रेजरी बिलमार्फत २० अर्ब रुपैयाँ आन्तरिक ऋण जुटाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार २८ अर्ब ६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

जसमध्ये राष्ट्रिय ऋण वार्ता तालिका अनुसार २० अर्ब रुपैयाँ नयाँ ऋण परिचालन गरिने र ८ अर्ब ६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि वार्ता हुने राष्ट्र बैंकले जनाएको छ ।

सोमबार २८ दिने ९१ दिने ट्रेजरी बिल मार्फत १० अर्ब रुपैयाँमध्ये ५ अर्ब रुपैयाँ, १८२ दिने ट्रेजरी बिलबाट ६ अर्ब रुपैयाँ र ३६४ दिने ट्रेजरी बिलबाट ४ अर्ब रुपैयाँ २० रुपैयाँ संकलन हुने भएको छ ।

त्यसैगरी रु ५ अर्बको ट्रेजरी बिल २८ दिनका लागि र रु ३ अर्ब ६० करोडको ट्रेजरी बिल ९१ दिनका लागि नवीकरण गर्ने विषयमा छलफल भइरहेको छ ।

Published Date: 24 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग