ओमानमाथि नेपालको सानदार जित

ओमानमाथि नेपालको सानदार जित : Icon Khabar

काठमाडौं, वैशाख ८ । एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो ।

जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २६ रनमा समेटिएको थियो । ओमानका लागि मोहमद नदिमले सर्वाधिक ६५ रन बनाएका थिए ।

यस्तै नेपालका कुशल मल्लले १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । कुशलले ५९ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक प्रहार गरेका थिए । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बने । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् ।

सोमपाल कामी ६३ रनमा नटआउट रहँदै विशाल योगफलमा पुर्‍याएका थिए । करण केसी २९ रनमा नटआउट रहेका थिए । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । चौथो ओभरको चौथो बलमा आसिफ शेख पनि शून्यमै आउट भए । दुवै ओपनर खाता नखोल्दै आउट भए पनि तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए ।

रोहितले २३ रन बनाए । भीम सार्की ३३ रनमा स्टम्पिङ आउट भए ।

पाँचौँ विकेटका लागि आरिफ शेख र कुशल मल्लले ७५ रनको सानदार साझेदारी गरेका थिए । आरिफ शेख २९ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए ।

यस खेलमा ओमानविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो समयमा सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रचेको हो । उनले ४२ एक दिवसीय खेल्दै एक सय दुई विकेटको आँकडा पूरा गरेको हो ।

Published Date: 21 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक