रानीमहलको बिच भलिबल बैशाखको अन्तिम साता हुने

रानीमहलको बिच भलिबल बैशाखको अन्तिम साता हुने : Icon Khabar

काठमाडौँ , वैशाख ८ । पाल्पाको रानीमहलमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिता बैशाख २८ गते सुरु हुने भएको छ । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना रहने प्रतियोगिता बैशाख २८, २९ र ३० गते सञ्चालन हुने भएको हो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता बैशाखको अन्तिम साता सञ्चालन हुने जानकारी गराईएको छ ।

फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले महिला टिम अन्तराष्ट्रिय प्रतियोगितामा ब्यस्त भएकाले दोस्रो संस्करणमा पुरुष टिम मात्र सहभागी हुने बताईन् । उनले तेस्रो संस्करणको प्रतियोगितालाई अन्तराष्ट्रिय रुपमा लैजाने गरि तयारी गरेको उल्लेख गरिन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोग र नेपाल भलिबल संघको स्वीकृत प्रदान गरिएको प्रतियोगितामा सात प्रदेश, तीन विभाग र आयोजक गरि ११ टिमको सहभागीता रहने बताईएको छ । लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ, उपविजेता टिमले १ लाख रुपैयाँ, तेस्रो हुने टिमले ५० हजार र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइएको छ । प्रतियोगितामा सहभागी हुने टिमलाई खाना, बस्ने र यातायात खर्च सहित बिमाको ब्यवस्था आयोजकले गर्ने जनाएको छ ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव दामोदर रेग्मीले बिच भलिबलको आयोजनाबाट नेपालको ऐतिहासिक क्षेत्र रानीमहलको प्रबद्र्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले नेपालको बिच भलिबल सहित पर्यटन क्षेत्रको विकासमा आफ्नो सधै सहयोग रहने बताए ।

कलाकार धिरेन शाक्यले बिच भलिबलको आयोजनाबाट पाल्पाको रानीमहल दरबारको प्रबद्र्धनमा सहयोग पुगेको बताए । उनले प्रतियोगिताको निरन्तरताका लागि सरकार र नीजि क्षेत्रको सहयोग महत्वपुर्ण रहने उल्लेख गरे ।

फाउन्डेसनकी अध्यक्ष मास्केले प्रतियोगिताका लागि करिब ३० लाख रुपैयाँ खर्च लाग्ने बताईन् । उनले रानीमहलको बिच भलिबलमा सरकारले सुरुआत गरेको सहयोगका लागि धन्यवाद दिदै प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रको सहयोगको अपेक्षा रहेको बताईन् ।

कार्यक्रममा भलिबल संघका उपाध्यक्ष गौतम लासिबा, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्रचन्द, प्राइमो सेक्युरेटीका सिइओ मेघरान उपाध्याय, तानसेन गुठीका उपाध्यक्ष प्रमी श्रेष्ठ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी सुरेस लिगल, फाउन्डेसनका सल्लाहाकार पदम न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 April 2023
Website | + posts