वैकल्पिक ऊर्जाको विस्तारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री बस्नेत

वैकल्पिक ऊर्जाको विस्तारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री बस्नेत : Icon Khabar

काठमाडौं, वैशाख ८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका गाउँमा नवीकरणीय ऊर्जा प्रविधिमार्फत वैकल्पिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएको छ ।

नेपाल नवीकरणीय ऊर्जा महासंघका अध्यक्ष गुणराज ढकालको नेतृत्वमा गएको टोलीसँग आज भएको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार इच्छुक रहेको बताए ।

मन्त्री बस्नेतले परिसंघले भारतको सौर्य ऊर्जा विकास निगमसँग अनुभव आदानप्रदान र सहकार्यका लागि दुवै पक्षलाई फाइदा पुग्ने गरी सम्झौता गरेकोमा खुसी व्यक्त गरे ।

त्यसैगरी महासंघको भ्रमण टोलीले साना तथा मझौला उद्योगका साथै कृषि क्षेत्रका लागि नवीकरणीय ऊर्जा प्रविधिलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ ।

उनीहरुले देशमा उपलब्ध सीप र पूँजीलाई परिचालन गरी नवीकरणीय ऊर्जा प्रविधिको विकास र सदुपयोग गरी ग्रामीण जनजीवनलाई सामाजिक र आर्थिक रूपमा उकास्न मन्त्रीको ध्यानाकर्षण गराए ।

साथै, टोलीले संघीय सरकारले निजी क्षेत्रमैत्री र उपभोक्तालाई अत्यन्त लाभदायी हुने कार्यक्रमहरू तर्जुमा गर्नुपर्नेमा जोड दिएको छ ।

उनीहरुले मिश्रित ऊर्जाको अवधारणालाई प्राथमिकता दिन पनि मन्त्रीलाई आग्रह गरेका छन् ।

Published Date: 21 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक