वैकल्पिक ऊर्जाको विस्तारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री बस्नेत

वैकल्पिक ऊर्जाको विस्तारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री बस्नेत : Icon Khabar

काठमाडौं, वैशाख ८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका गाउँमा नवीकरणीय ऊर्जा प्रविधिमार्फत वैकल्पिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएको छ ।

नेपाल नवीकरणीय ऊर्जा महासंघका अध्यक्ष गुणराज ढकालको नेतृत्वमा गएको टोलीसँग आज भएको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार इच्छुक रहेको बताए ।

मन्त्री बस्नेतले परिसंघले भारतको सौर्य ऊर्जा विकास निगमसँग अनुभव आदानप्रदान र सहकार्यका लागि दुवै पक्षलाई फाइदा पुग्ने गरी सम्झौता गरेकोमा खुसी व्यक्त गरे ।

त्यसैगरी महासंघको भ्रमण टोलीले साना तथा मझौला उद्योगका साथै कृषि क्षेत्रका लागि नवीकरणीय ऊर्जा प्रविधिलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ ।

उनीहरुले देशमा उपलब्ध सीप र पूँजीलाई परिचालन गरी नवीकरणीय ऊर्जा प्रविधिको विकास र सदुपयोग गरी ग्रामीण जनजीवनलाई सामाजिक र आर्थिक रूपमा उकास्न मन्त्रीको ध्यानाकर्षण गराए ।

साथै, टोलीले संघीय सरकारले निजी क्षेत्रमैत्री र उपभोक्तालाई अत्यन्त लाभदायी हुने कार्यक्रमहरू तर्जुमा गर्नुपर्नेमा जोड दिएको छ ।

उनीहरुले मिश्रित ऊर्जाको अवधारणालाई प्राथमिकता दिन पनि मन्त्रीलाई आग्रह गरेका छन् ।

Published Date: 21 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय