एसियाडका लागि उसु छनोट सुरु

एसियाडका लागि उसु छनोट सुरु : Icon Khabar

काठमाडौँ , वैशाख ८ । नेपाल उसु संघको आयोजनामा १९ औं एसियाली खेलकुदका लागि उसु छनोट प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको सान्सौंतर्फ पुरुषमा ५ र महिलामा २ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । थाउलोमा पुरुष÷महिलामा समान ४–४ स्पर्धा समावेश छन् ।

तीनदिने प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहेको उसु संघले जनाएको छ । पहिलो चरणमा जम्मा २४ खेलाडी छनोट गरिने उसु मुख्य प्रशिक्षक अम्बर थिङले जानकारी दिए ।

Published Date: 21 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक