एसियाडका लागि उसु छनोट सुरु

एसियाडका लागि उसु छनोट सुरु : Icon Khabar

काठमाडौँ , वैशाख ८ । नेपाल उसु संघको आयोजनामा १९ औं एसियाली खेलकुदका लागि उसु छनोट प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको सान्सौंतर्फ पुरुषमा ५ र महिलामा २ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । थाउलोमा पुरुष÷महिलामा समान ४–४ स्पर्धा समावेश छन् ।

तीनदिने प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहेको उसु संघले जनाएको छ । पहिलो चरणमा जम्मा २४ खेलाडी छनोट गरिने उसु मुख्य प्रशिक्षक अम्बर थिङले जानकारी दिए ।

Published Date: 21 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय