तनहुँ निर्वाचन क्षेत्र १ मा मुख्य दलका प्रभावशाली उम्मेदवारहरू प्रतिस्पर्धामा

तनहुँ निर्वाचन क्षेत्र १ मा मुख्य दलका प्रभावशाली उम्मेदवारहरू प्रतिस्पर्धामा : Icon Khabar

तनहुँ, वैशाख ६ । तनहुँ जिल्लाको निर्वाचन क्षेत्र १ मा हुने उपनिर्वाचनमा मुख्य दलका प्रभावशाली उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको चुनाव प्रतिष्ठाको लडाइँ बनेको बताइएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि खाली भएको यस निर्वाचन क्षेत्रमा चुनावको मुखैमा नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका अर्थशास्त्री स्वर्णिम वाग्लेले उम्मेदवारी दिएपछि नतिजा जसको पक्षमा समेत जान सक्ने आकलन गरिएको छ।

नेपाली कांग्रेसले त्यहाँ यसअघि नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष भइसकेका पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार गराएको छ।

मङ्सिर ४ मा पौडेल निर्वाचित भए तापनि २०७४ सालको चुनावमा पौडेललाई नै नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका कृष्णकुमार श्रेष्ठले पराजित गरेका थिए।

यसपटक एमालेले त्यहाँ पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आफ्नो उम्मेदवार बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यो चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ भन्ने कुरा उक्त दलका केन्द्रीय स्तरका नेता तथा सांसदहरु चुनावी घर दैलोमा लागेकोबाट देख्न सकिन्छ।

चुनावमा नौवटा पार्टीहरूले उम्मेदवारी दिए तापनि तीनवटा पार्टीको चुनावी चर्चाले अरू पार्टीहरूलाई ‌ओझेलमा पारेको देखिन्छ।

Published Date: 19 April 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता