मन्त्री रिजालद्वारा जनताको कामहरु छिटो छरितो गर्न निर्देशन

मन्त्री रिजालद्वारा  जनताको कामहरु छिटो छरितो गर्न  निर्देशन : Icon Khabar

पर्सा, वैशाख ६ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जनताको कामहरु छिटो छरितो गर्न कर्मचारीहरुलाई निर्देशन दिनुका छन् ।

पर्सा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला भरिका सरकारी कार्यालय प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा मन्त्री रिजालले पर्साको ठोरी, निर्मलबस्ती र बिजयबस्तिको जग्गा अहिलेसम्म हाल साबिक हुन नसकेको प्रति प्रश्न गर्दै, जनतालाई सास्ती नदिई सहज तवरले कामहरू सम्पन्न गर्न निर्देशन दिएको हो । यस क्षेत्रका स्थानीय जनतालाई पुरानो नापिले लालपुर्जा हस्तान्तरण गरे पनि नयाँ लालपुर्जा र हाल साबिक हुन भने सकेको छैन ।

मन्त्री रिजालले कामका लागि आउने जनतालाई कार्यालयमा झारोटार्ने अनि कुरा ब्यगयाउने जस्त गुनासाहरु दिनहु आउने गरेको समेत कर्मचारीहरुलाई अवगत गराए । “कहाँ ग्यारेन्टी बस्नु पर्छ म बस्छु तर जनताको काम गरेर देश बनाउने अभियानमा लाग्नुस”  भन्दै मन्त्री रिजालले देशमा रहेको आर्थिक संकटसंग लडन कर्मचारीहरुको अहम भुमिका रहने बताउदै काधमा काध मिलाएर अघि बढ्न समेत निर्देशन दिएको छ ।

Published Date: 19 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग