कोभिड–१९ को सङ्क्रमण देखिए एक साता आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोभिड–१९ को सङ्क्रमण देखिए एक साता आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह : Icon Khabar

काठमाडौं, वैशाख ६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण देखिए सबैलाई सात दिन अनिवार्य रूपमा आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ सङ्क्रमित सबैलाई कोरोना सङ्क्रमणका कारण ज्वरो आएमा र सास फेर्न गाह्रो भएमा सात दिन अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका छन्।

उनका अनुसार लक्षण नदेखिएमा आइसोलेसनमा बस्नुपर्ने, पाँच दिन वा पाँच दिनभन्दा बढी आइसोलेसनमा बसेमा, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई ज्वरो कम भएमा आइसोलेसनमा बस्नुपर्दैन । सात दिन आइसोलेसनमा बसे पनि आठौं दिन बाहिर आए पनि अन्य व्यक्तिको सम्पर्कमा नआउन भनिएको छ ।

मन्त्रालयले आइसोलेसनमा बसेकाहरूलाई छुट्टै शौचालयसहित प्रशस्त हावा भएको छुट्टै कोठामा बस्न र नाक, मुख र चिउँडो छोप्ने मास्क लगाउन र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्न र साबुन पानीले हात धुन आग्रह गरेको छ।

अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । मंगलबार कोभिड–१९ का १७१ नयाँ घटना र दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2023
Website | + posts