त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि बिहान ७ बजेसम्म कुनै पनि उडान र अवतरण नहुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि बिहान ७ बजेसम्म कुनै पनि उडान र अवतरण नहुने : Icon Khabar

काठमाडौं, वैशाख ६ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि बिहान ७ बजेसम्म कुनै पनि उडान र अवतरण हुने छैन।

यस अवधिमा विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

उनका अनुसार विमानस्थलको विद्युत् आपूर्ति प्रणाली सुदृढीकरणका क्रममा अनलाइन युपीएस जडानको काम भइरहेकोले उडान अवरुद्ध हुने गरेको छ ।

विमानस्थलको तर्फबाट उनले यात्रुहरुलाई आफ्नो एयर सर्भिस कम्पनीमा सम्पर्क गरी सो समयमा उडानको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

Published Date: 19 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग