त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि बिहान ७ बजेसम्म कुनै पनि उडान र अवतरण नहुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि बिहान ७ बजेसम्म कुनै पनि उडान र अवतरण नहुने : Icon Khabar

काठमाडौं, वैशाख ६ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि बिहान ७ बजेसम्म कुनै पनि उडान र अवतरण हुने छैन।

यस अवधिमा विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

उनका अनुसार विमानस्थलको विद्युत् आपूर्ति प्रणाली सुदृढीकरणका क्रममा अनलाइन युपीएस जडानको काम भइरहेकोले उडान अवरुद्ध हुने गरेको छ ।

विमानस्थलको तर्फबाट उनले यात्रुहरुलाई आफ्नो एयर सर्भिस कम्पनीमा सम्पर्क गरी सो समयमा उडानको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2023
Website | + posts