नेपाली र दक्षिण भारतीय फिल्मलाई एकअर्काको देशमा रहेका ओटीटीमा रिलिज गर्ने

नेपाली र दक्षिण भारतीय फिल्मलाई एकअर्काको देशमा रहेका ओटीटीमा रिलिज गर्ने : Icon Khabar

काठमाडौँ, वैशाख ६ । नेपाल र भारतका दुई फिल्म सम्बद्ध संस्थाहरु आफ्नो मुलुकमा बनेका फिल्मलाई एकअर्काको देशमा रहेका ओटीटी र हलमा रिलिज गर्न सहमत भएका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो-नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा यस्तो सहमति जुटेको हो ।

नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी)बीच दुई मुलुकबीच संस्कृतिसँगै फिल्मको बजार आदानप्रदान गर्ने सहमति जुटेको हो । समिटको प्रमुख अतिथिको रुपमा सहभागि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्धिपक्षीय सहमतिलाई नेपाली फिल्मको हितमा प्रयोग गर्न आग्रह गरे ।

नेपालमा छायांकन हुने दक्षिण भारतीय फिल्मलाई स्वागत गर्न बोर्ड आतुर रहेको बताउँदै उनले एकअर्काको बजार खोज्ने कुरा सकारात्मक रहेको चर्चा गरे ।

एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको फिल्मलाई रिलिज गर्ने तयारी गरिरहेको बताइन् । उनका अनुसार नेपाली फिल्मलाई तेलुगु भाषामा डबिङ गरेर दक्षिण भारतका ओटीटीमा रिलिज गरिनेछ । यसका लागि आफूहरुसँग १५ देखि १८ वटा ओटीटी प्लेटफर्म रहेको जानकारी उनले दिइन् ।

‘राम्रा र स्तरीय नेपाली फिल्मलाई दक्षिण भारतीय ओटीटी प्लेटफर्ममा रिलिज गर्ने हाम्रो तयारी छ । जतिसक्दो चाँडो फिल्म रिलिज हुनेछ’ उनले भनिन्, ‘जसले गर्दा नेपाली फिल्म पर्यटनदेखि बजारीकरणसम्म फाइदा हुने हामीलाई विश्वास छ ।’

एनएफपीसी महासचिव तथा निर्देशक हिमाल न्यौपानेले स्तरीय दक्षिण भारतीय फिल्मलाई नेपाली ओटीटी प्लेटफर्म र हलमा रिलिज गर्नेबारे गृहकार्य भैरहेको बताए । ‘नेपाली फिल्मलाई केरला र तामिल सहितका दक्षिण भारतीय राज्यमा रिलिज गर्ने योजना छ’ उनले भने, ‘नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण होस् भन्ने हाम्रो चाहना हो ।’

एफटीपीसी सचिव पीभीएस बर्माले नेपाल र भारतबीच कला र सांस्कृतिक आदानप्रदान गर्न आफूहरु लागिपरेको बताए । ‘फिल्म आदानप्रदान भनेको व्यवसायको सम्भावना, प्रविधि र कास्ट एण्ड क्रिउ आदानप्रदान पनि हो’ बर्माले भने, ‘फिल्ममार्फत हामी दुई देशबीच प्रशस्त सम्भावना विस्तार गर्न चाहन्छौं ।’

एफटीपीसी अध्यक्ष चैतन्य जंगको नेतृत्वमा दक्षिण भारतीय फिल्म टोली केही दिनदेखि काठमाडौंमा छ । टोलीले नेपाली फिल्मको बजार र सम्भावनाबारे अध्ययन गरिरहेको छ । समारोहाम अध्यक्ष जंगले नेपाल र भारतबीच छायांकन थलो आदानप्रदान पनि महत्वपूणर् पक्ष बन्न सक्ने बताए ।

Published Date: 19 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी