उपत्यकासहित देशका विभिन्न भागमा जंगल आगलागी बढ्दै गएपछि वायु प्रदूषण बढ्यो

उपत्यकासहित देशका विभिन्न भागमा जंगल आगलागी बढ्दै गएपछि वायु प्रदूषण बढ्यो : Icon Khabar

काठमाडौं, चैत ३० । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पछिल्लो समय जंगलमा आगलागीका घटना बढ्दै गएपछि वायु प्रदूषण बढेको छ ।

वन तथा वातावरण विभागका अनुसार काठमाडौं उपत्यकामा प्रदूषित हावा जम्मा भएको छ । पश्चिमी क्षेत्रबाट आउने प्रदूषित हावाले उपत्यकाको वातावरण प्रभावित भएको छ ।

विभागका महानिर्देशक शिबलाल तिवारीले आज एक विज्ञप्ति जारी गर्दै बारा, पर्सा, चितवनलगायत १४० स्थानका वनमा लागेको डढेलोले उपत्यका र देशको मध्य तथा पूर्वी क्षेत्रमा वायु प्रदुषण अत्यधिक मात्रामा बढेको बताए । बिहान र बेलुका यो बढी तीव्र हुन्छ।

विभागले मुख्यतया बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका र मुटुसम्बन्धी रोग भएका व्यक्तिहरूलाई सकेसम्म घरभित्रै बस्न र मास्क, चस्मा लगाएर बाहिर निस्कन अत्यावश्यक परेमा सुरक्षाका सबै उपाय अपनाउन आग्रह गरेको छ।

मौसमविद्का अनुसार ललितपुरको बुटवल, पाटन, भक्तपुरको भक्तपुर र मध्यपुरथिमि, काठमाडौंको रत्नपार्क, कीर्तिपुर र हेटौंडामा हावापानीको खतरा रहेको छ ।

वायु गुणस्तर सूचकाङ्कले माथि उल्लेखित क्षेत्रमा वायुको गुणस्तरले खतराको रेखा नाघेको देखाएको छ । शून्यदेखि ५० एक्युआइ मानव स्वास्थ्यका लागि ठिक मानिए पनि बुटवलमा २९२, पाटनमा २३२, भक्तपुरमा २२२, कीर्तिपुरमा १९१, मध्यपुर थिमिमा १८७, रत्नपार्कमा १८६ र हेटौंडामा १७४ मापन गरिएको छ ।

१००-२०० मापन गर्दा हानिकारक हुन्छ र यस्तो अवस्थामा वृद्ध र बालबालिकालाई खोकी लाग्ने र सास फेर्न समस्या हुने सम्भावना हुन्छ।

विभागले वनमा लागेको आगो निभाउन र आगामी दिनमा यसको रोकथामका लागि सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 April 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने