उपत्यकासहित देशका विभिन्न भागमा जंगल आगलागी बढ्दै गएपछि वायु प्रदूषण बढ्यो

उपत्यकासहित देशका विभिन्न भागमा जंगल आगलागी बढ्दै गएपछि वायु प्रदूषण बढ्यो : Icon Khabar

काठमाडौं, चैत ३० । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पछिल्लो समय जंगलमा आगलागीका घटना बढ्दै गएपछि वायु प्रदूषण बढेको छ ।

वन तथा वातावरण विभागका अनुसार काठमाडौं उपत्यकामा प्रदूषित हावा जम्मा भएको छ । पश्चिमी क्षेत्रबाट आउने प्रदूषित हावाले उपत्यकाको वातावरण प्रभावित भएको छ ।

विभागका महानिर्देशक शिबलाल तिवारीले आज एक विज्ञप्ति जारी गर्दै बारा, पर्सा, चितवनलगायत १४० स्थानका वनमा लागेको डढेलोले उपत्यका र देशको मध्य तथा पूर्वी क्षेत्रमा वायु प्रदुषण अत्यधिक मात्रामा बढेको बताए । बिहान र बेलुका यो बढी तीव्र हुन्छ।

विभागले मुख्यतया बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका र मुटुसम्बन्धी रोग भएका व्यक्तिहरूलाई सकेसम्म घरभित्रै बस्न र मास्क, चस्मा लगाएर बाहिर निस्कन अत्यावश्यक परेमा सुरक्षाका सबै उपाय अपनाउन आग्रह गरेको छ।

मौसमविद्का अनुसार ललितपुरको बुटवल, पाटन, भक्तपुरको भक्तपुर र मध्यपुरथिमि, काठमाडौंको रत्नपार्क, कीर्तिपुर र हेटौंडामा हावापानीको खतरा रहेको छ ।

वायु गुणस्तर सूचकाङ्कले माथि उल्लेखित क्षेत्रमा वायुको गुणस्तरले खतराको रेखा नाघेको देखाएको छ । शून्यदेखि ५० एक्युआइ मानव स्वास्थ्यका लागि ठिक मानिए पनि बुटवलमा २९२, पाटनमा २३२, भक्तपुरमा २२२, कीर्तिपुरमा १९१, मध्यपुर थिमिमा १८७, रत्नपार्कमा १८६ र हेटौंडामा १७४ मापन गरिएको छ ।

१००-२०० मापन गर्दा हानिकारक हुन्छ र यस्तो अवस्थामा वृद्ध र बालबालिकालाई खोकी लाग्ने र सास फेर्न समस्या हुने सम्भावना हुन्छ।

विभागले वनमा लागेको आगो निभाउन र आगामी दिनमा यसको रोकथामका लागि सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

Published Date: 13 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर