काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयहरूले विद्यार्थीसँग कुनै पनि शुल्क लिन नपाउने

काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयहरूले विद्यार्थीसँग कुनै पनि शुल्क लिन नपाउने : Icon Khabar

काठमाडौं, चैत ३० । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन सूचित गरेको छ।

आज एक बिज्ञप्ति जारी गर्दै महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन सूचित गराएका हुन्।

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन सूचित गरेको हो ।

अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 April 2023
Website | + posts