तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्री दाहाललाई बार एशोसिएसनको ध्यानाकर्षण

तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्री दाहाललाई बार एशोसिएसनको ध्यानाकर्षण : Icon Khabar

काठमाडौं, चैत ३० । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री दाहालसँगको भेटपछि उनीहरुले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्न ध्यानाकर्षण गरेका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै एशोसिएसनले आगामी १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एनबीए अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्षसमेत भएकाले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न पहल गर्न एनबिएले ध्यानाकर्षण गरेको बताए ।

प्रधानन्यायाधीश नियुक्तिका लागि प्रधानमन्त्री दाहालले पहल गरिरहेको र छिट्टै ठोस निष्कर्षमा पुग्ने बताउनुभएको पनि घिमिरेले बताए । प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्यायपालिकाको विश्वसनीयता खस्किएको र करिब १४ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशले सर्वोच्च अदालत सञ्चालन गरेकाले न्याय प्रशासनमा कठिनाइ भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 April 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न