तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्री दाहाललाई बार एशोसिएसनको ध्यानाकर्षण

तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्री दाहाललाई बार एशोसिएसनको ध्यानाकर्षण : Icon Khabar

काठमाडौं, चैत ३० । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री दाहालसँगको भेटपछि उनीहरुले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्न ध्यानाकर्षण गरेका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै एशोसिएसनले आगामी १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एनबीए अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्षसमेत भएकाले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न पहल गर्न एनबिएले ध्यानाकर्षण गरेको बताए ।

प्रधानन्यायाधीश नियुक्तिका लागि प्रधानमन्त्री दाहालले पहल गरिरहेको र छिट्टै ठोस निष्कर्षमा पुग्ने बताउनुभएको पनि घिमिरेले बताए । प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्यायपालिकाको विश्वसनीयता खस्किएको र करिब १४ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशले सर्वोच्च अदालत सञ्चालन गरेकाले न्याय प्रशासनमा कठिनाइ भइरहेको उनले बताए ।

Published Date: 13 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर