किकम्पा मन्टेश्वरीको आयोजनामा शनिबार रणनीतिक योजना तर्जुमा कार्यक्रम सम्पन्न

किकम्पा मन्टेश्वरीको आयोजनामा शनिबार रणनीतिक योजना तर्जुमा कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २६ । किकम्पा मन्टेश्वरी प्रि स्कुलको आयोजनामा नगरकोटमा रणनीतिक योजना तर्जुमा कार्यक्रम शनिबार सम्पन्न भयो । विद्यालयको नयाँ शैक्षिक सत्र २०८० लाई मध्यनजर गर्दे नयाँ योजनाका साथ अघि बढ्न सो कार्याक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजेश लाखाले बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष देवचन्द्र बज्राचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा बज्राचार्यले विद्यालयलाई मन्टेश्वरीको रुपमा विकास गरी विद्यार्थीहरुको शारीरिक मानसिक र वौद्धिक विकासमा तिव्रता ल्याउन यस किसिमका कार्यशाला गोष्ठीको आयोजना गर्नु महत्वपुर्ण रहेको बताए।

विद्यालयका प्रवन्ध निर्देशक अच्यूत प्रजापतिले वार्षिक कार्य योजना बनाई शिक्षक, अभिभावक र विद्यार्थीहरु वीच समन्वय गरी अगाडि बढ्नु पर्ने र नेपाल सरकारको शिक्षा नीति अनुसार नियम कानूनमा रही विद्यालय संचालन गर्नुपर्ने बताए ।

विद्यायलका लेखापाल दिल सुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा संचालकहरु इन्द्र भक्त पंच , प्रेम कृष्ण खर्बुजा , बन्दना राजोपाध्याय लगायतले आ–आफनो विचार व्यक्त गरेका थिए ।

कार्यक्रमलाई प्रभावकारी बनाउन संचालकहरु वीच विभिन्न तीन समूह बनाई विद्यालयको विभिन्न विषयहरुमा कार्यशाला गोष्ठी सम्पन्न गरिएको प्रिन्सिपल राजेश लाखाले बताए।

Published Date: 09 April 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय