किकम्पा मन्टेश्वरीको आयोजनामा शनिबार रणनीतिक योजना तर्जुमा कार्यक्रम सम्पन्न

किकम्पा मन्टेश्वरीको आयोजनामा शनिबार रणनीतिक योजना तर्जुमा कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २६ । किकम्पा मन्टेश्वरी प्रि स्कुलको आयोजनामा नगरकोटमा रणनीतिक योजना तर्जुमा कार्यक्रम शनिबार सम्पन्न भयो । विद्यालयको नयाँ शैक्षिक सत्र २०८० लाई मध्यनजर गर्दे नयाँ योजनाका साथ अघि बढ्न सो कार्याक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजेश लाखाले बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष देवचन्द्र बज्राचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा बज्राचार्यले विद्यालयलाई मन्टेश्वरीको रुपमा विकास गरी विद्यार्थीहरुको शारीरिक मानसिक र वौद्धिक विकासमा तिव्रता ल्याउन यस किसिमका कार्यशाला गोष्ठीको आयोजना गर्नु महत्वपुर्ण रहेको बताए।

विद्यालयका प्रवन्ध निर्देशक अच्यूत प्रजापतिले वार्षिक कार्य योजना बनाई शिक्षक, अभिभावक र विद्यार्थीहरु वीच समन्वय गरी अगाडि बढ्नु पर्ने र नेपाल सरकारको शिक्षा नीति अनुसार नियम कानूनमा रही विद्यालय संचालन गर्नुपर्ने बताए ।

विद्यायलका लेखापाल दिल सुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा संचालकहरु इन्द्र भक्त पंच , प्रेम कृष्ण खर्बुजा , बन्दना राजोपाध्याय लगायतले आ–आफनो विचार व्यक्त गरेका थिए ।

कार्यक्रमलाई प्रभावकारी बनाउन संचालकहरु वीच विभिन्न तीन समूह बनाई विद्यालयको विभिन्न विषयहरुमा कार्यशाला गोष्ठी सम्पन्न गरिएको प्रिन्सिपल राजेश लाखाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने