पन्जाबलाई हराउँदै हैदराबादको पहिलो जित

पन्जाबलाई हराउँदै हैदराबादको पहिलो जित : Icon Khabar

काठमाडौं, चैत २७ । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा पन्जाब किंग्सलाई ८ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । पन्जाबले पहिलो हार व्यहोर्दा हैदराबादले पहिलो जित दर्ता गरेको हो ।

जितको लागि १ सय ४४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको जितमा राहुल त्रिपाठीले ४८ बलमा १० चौका र ३ छक्कासहित ७४ रनमा अविजित रहे ।

त्रिपाठीले हरप्रीत ब्रारलाई चौका हान्दै खेल सकाएका थिए । कप्तान एडेन माक्ररमले २१ बलमा ६ चौकासहित ३७ रन बनाए । तेस्रो विकेटका लागि राहुल र एडेन माक्ररमले १ सय रनको अविजित शतकीय साझेदारी गरेका थिए ।

ओपनर ह्यारी ब्रुक १३ र मयंक अग्रवाल २१ रनमा आउट भए । पन्जाबका अर्शदीप सिंह र राहुल चाहरले एक एक विकेट लिए ।

त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । पन्जाबका कप्तान शिखर धवनले ६६ बलमा १२ चौका र ५ छक्कासहित सर्वाधिक ९९ रनमा अविजित रहँदै कप्तानी इनिङ खेले। धवनको एकल प्रदर्शन जितको लागि पर्याप्त भने हुन सकेन । –एजेन्सी

Published Date: 10 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग