पन्जाबलाई हराउँदै हैदराबादको पहिलो जित

पन्जाबलाई हराउँदै हैदराबादको पहिलो जित : Icon Khabar

काठमाडौं, चैत २७ । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा पन्जाब किंग्सलाई ८ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । पन्जाबले पहिलो हार व्यहोर्दा हैदराबादले पहिलो जित दर्ता गरेको हो ।

जितको लागि १ सय ४४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको जितमा राहुल त्रिपाठीले ४८ बलमा १० चौका र ३ छक्कासहित ७४ रनमा अविजित रहे ।

त्रिपाठीले हरप्रीत ब्रारलाई चौका हान्दै खेल सकाएका थिए । कप्तान एडेन माक्ररमले २१ बलमा ६ चौकासहित ३७ रन बनाए । तेस्रो विकेटका लागि राहुल र एडेन माक्ररमले १ सय रनको अविजित शतकीय साझेदारी गरेका थिए ।

ओपनर ह्यारी ब्रुक १३ र मयंक अग्रवाल २१ रनमा आउट भए । पन्जाबका अर्शदीप सिंह र राहुल चाहरले एक एक विकेट लिए ।

त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । पन्जाबका कप्तान शिखर धवनले ६६ बलमा १२ चौका र ५ छक्कासहित सर्वाधिक ९९ रनमा अविजित रहँदै कप्तानी इनिङ खेले। धवनको एकल प्रदर्शन जितको लागि पर्याप्त भने हुन सकेन । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 April 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने