पोखरा अन्तरास्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुने

पोखरा अन्तरास्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुने : Icon Khabar

पोखरा, १६ पुस। पोखरा अन्तरास्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुने भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा
विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यहि अवसरमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । करिब पचास बर्षको आरोह अबरोहलाइ पार गर्दै पोखरा विमानस्थल अन्तरास्ट्रिय स्तरमा रुपान्तरण भएको हो।

आइतबार हुने उद्घाटन सत्रका लागि पोखराको अमरसिंह चोक देखि विमानस्थल सम्म विभिन्न संस्कृतिक झाकी, बाजागाजा सहितको प्रभात फेरी निकालिने जानकारीमा आएको छ।

उद्घाटन समारोहमा अर्थमन्त्री बिष्णु पौडेल, राजनैतिक दलका नेताहरु, उद्योगी, व्यवसायीको उल्लेखनिय सहभागिता रहने विमानस्थलका निर्देशक बिक्रम गौतमले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 December 2022
Website | + posts