नेपथ्यको न्यू इयर इभ कन्सर्ट

नेपथ्यको न्यू इयर इभ कन्सर्ट : Icon Khabar

काठमाडौँ, पुष १६। लोकप्रिय नेपाली सांगीतिक समुह नेपथ्य ब्याण्डले आज काठमाडौँमा मानवताको लागि न्यू इयर इभका रुपमा म्युजिकल कन्सर्ट गर्दै छ। सन् २०२२ को बिदाइ गर्न र अंग्रेजी नया बर्ष २०२३ को स्वागतार्थ उक्त ब्याण्डले सो सांगीतिक प्रस्तुति दिन लागेको हो।

मानवताको प्रवर्द्वनमा नेपथ्य ब्याण्डले देशैभर विभिन्न ठाउमा ९ वटा कन्सर्ट सकेर यस अभियानको अन्तिम कन्सर्ट आज काठमाडौँ दिन लागेको हो।
विभिन्न अभियानका साथ आफ्नो सांगितिक प्रस्तुतीलाई जोड्दै अघि बढेकाे नेपथ्यले यस पटक नेपालमा मानवता प्रवद्र्धनका लागि आफ्नो सांगितिक प्रस्तुती दिएको हो । जसका लागि नेपथ्यले सडक मानवको उद्धार तथा रेखदेख गरिरहेको मानव सेवा आश्रमसँग सहकार्य गरेको बताए।

नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङ् तथा उनको व्याण्ड सदस्यहरुले आज अपरान्ह काठमाडौँ  भृकुटीमण्डपमा उक्त प्रस्तुति प्रस्तुत गर्दैछन।

Published Date: 31 December 2022


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली