सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण : Icon Khabar

काठमाडौं, चैत २४ । सांसदहरूले रुकुम पूर्वमा दुई बालबालिकाको हत्या, सरकारको साझा न्यूनतम कार्यक्रम, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन, समावेशी विचारधारालगायतका विषयमा सरकारसँग सम्बोधन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनीहरुले एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको कार्यक्रम खारेज गर्ने, श्रमिकको न्यूनतम पारिश्रमिक तोक्नुपर्ने विषयमा पनि चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसकी कुसुमदेवी थापाले रुकुम पूर्वमा दुई बालबालिकाको हत्याको छानबिन गरी हत्यारालाई कारबाही गर्न माग गरेकी छन् । उनले दिगो विकास लक्ष्य अन्तर्गत मातृ मृत्युदर घटाउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का महेशकुमार बर्तौलाले काठमाडौं उपत्यकाका क्याम्पस, पाटन, अमृत विज्ञान क्याम्पस, रत्नराज्य क्याम्पस र नेपाल कमर्स क्याम्पसमा स्ववियुको निर्वाचन पुनः गराउने अदालतको फैसला सरकारले पालना नगरेको आरोप लगाए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, सरकारी कार्यालयमा टाइम क्लकको व्यवस्थापन, विश्वविद्यालय छाता ऐनलगायतका विषयलाई सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गर्न माग गरे ।

Published Date: 07 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर