सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण : Icon Khabar

काठमाडौं, चैत २४ । सांसदहरूले रुकुम पूर्वमा दुई बालबालिकाको हत्या, सरकारको साझा न्यूनतम कार्यक्रम, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन, समावेशी विचारधारालगायतका विषयमा सरकारसँग सम्बोधन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनीहरुले एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको कार्यक्रम खारेज गर्ने, श्रमिकको न्यूनतम पारिश्रमिक तोक्नुपर्ने विषयमा पनि चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसकी कुसुमदेवी थापाले रुकुम पूर्वमा दुई बालबालिकाको हत्याको छानबिन गरी हत्यारालाई कारबाही गर्न माग गरेकी छन् । उनले दिगो विकास लक्ष्य अन्तर्गत मातृ मृत्युदर घटाउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का महेशकुमार बर्तौलाले काठमाडौं उपत्यकाका क्याम्पस, पाटन, अमृत विज्ञान क्याम्पस, रत्नराज्य क्याम्पस र नेपाल कमर्स क्याम्पसमा स्ववियुको निर्वाचन पुनः गराउने अदालतको फैसला सरकारले पालना नगरेको आरोप लगाए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, सरकारी कार्यालयमा टाइम क्लकको व्यवस्थापन, विश्वविद्यालय छाता ऐनलगायतका विषयलाई सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने