सरकारले भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने

सरकारले भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने : Icon Khabar

काठमाडौं, चैत २४ । सरकारले भारतसँगको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रका बाँकी रहेका सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार गठबन्धन सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि बोर्डर आउटपोष्ट (बिओपी) बढाउने बताइन् । १० राजनीतिक दल सम्मिलित सरकारले राष्ट्रिय प्राथमिकताका क्षेत्रमा वैदेशिक सहायता परिचालन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

मन्त्री शर्माले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र जनताको जीविकोपार्जनको पूर्ण प्रत्याभूति हुने गरी राष्ट्रिय सुरक्षा नीतिलाई आवश्यक परिमार्जन गरी कार्यान्वयन गरिने बताए ।

सरकारले जलस्रोत नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र जलस्रोतको द्विपक्षीय र बहुपक्षीय रूपमा राष्ट्रिय हितमा प्रयोग गर्ने, राष्ट्रिय हित प्रतिकूल भएका सन्धि सम्झौताहरूको पुनरावलोकन गर्ने र आवश्यकताअनुसार नयाँ सन्धि सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

मन्त्री शर्माले सुरक्षा निकायको व्यावसायिकतामा जोड दिँदै मनोबल बढाउन आवश्यक स्रोत र साधन उपलब्ध गराउने नीति सरकारले अघि बढाइने बताए । उनले प्रविधिको उच्च विकाससँगै बढेका साइबर सुरक्षा, ऊर्जा सुरक्षालगायतका चुनौतीको सामना गर्न आवश्यक व्यवस्था मिलाइने बताइन् ।सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममा आधारभूत विषयमा राष्ट्रिय सहमति निर्माण गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने