राहदानी विवादमा लामिछानेलाई कारबाही नगर्ने निर्णय दबाबमा गरिएको होइन : महान्यायाधिवक्ता

राहदानी विवादमा लामिछानेलाई कारबाही नगर्ने निर्णय दबाबमा गरिएको होइन : महान्यायाधिवक्ता : Icon Khabar

काठमाडौं, चैत २४ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथिको राहदानी दुरुपयोगको मुद्दामा कारबाही अघि नबढाउने निर्णय राजनीतिक बार्गेनिङ र दबाबका कारण नभएको बताएका छन् ।

आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा महान्यायाधिवक्ता पोखरेलले लामिछानेको मुद्दा प्रक्रियागत रुपमा टुंगिएको बताए ।

‘प्रक्रिया अनुसार अनुसन्धान सकियो । यसमा राजनीतिक बार्गेनिङ र दबाबको कुनै सरोकार छैन,’ उनले भने, ‘महान्यायाधिवक्ता राजनीतिक रूपमा नियुक्त भएकाले यो राजनीतिक मुद्दा हो भन्ने तपाईलाई लाग्न सक्छ। तर हामीले कानून र प्रक्रिया अनुसार मुद्दा नचलाउने निर्णय गर्‍यौं।

पोखरेलले लामिछानेको राहदानी विवादको सम्पूर्ण अनुसन्धान पूरा गरेर मात्रै फाइल बुझाउन भनिएको बताए । सोही अनुसार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्धको राहदानी दुरुपयोग मुद्दामा कारबाही नगर्ने निर्णय गरेको थियो र सोही निर्णयलाई उच्च सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले पनि सदर गरेको थियो ।

Published Date: 07 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर