राहदानी विवादमा लामिछानेलाई कारबाही नगर्ने निर्णय दबाबमा गरिएको होइन : महान्यायाधिवक्ता

राहदानी विवादमा लामिछानेलाई कारबाही नगर्ने निर्णय दबाबमा गरिएको होइन : महान्यायाधिवक्ता : Icon Khabar

काठमाडौं, चैत २४ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथिको राहदानी दुरुपयोगको मुद्दामा कारबाही अघि नबढाउने निर्णय राजनीतिक बार्गेनिङ र दबाबका कारण नभएको बताएका छन् ।

आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा महान्यायाधिवक्ता पोखरेलले लामिछानेको मुद्दा प्रक्रियागत रुपमा टुंगिएको बताए ।

‘प्रक्रिया अनुसार अनुसन्धान सकियो । यसमा राजनीतिक बार्गेनिङ र दबाबको कुनै सरोकार छैन,’ उनले भने, ‘महान्यायाधिवक्ता राजनीतिक रूपमा नियुक्त भएकाले यो राजनीतिक मुद्दा हो भन्ने तपाईलाई लाग्न सक्छ। तर हामीले कानून र प्रक्रिया अनुसार मुद्दा नचलाउने निर्णय गर्‍यौं।

पोखरेलले लामिछानेको राहदानी विवादको सम्पूर्ण अनुसन्धान पूरा गरेर मात्रै फाइल बुझाउन भनिएको बताए । सोही अनुसार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्धको राहदानी दुरुपयोग मुद्दामा कारबाही नगर्ने निर्णय गरेको थियो र सोही निर्णयलाई उच्च सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले पनि सदर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने