कामको असफलातादेखी डर लाग्छ ? यी उपायहरु अपनाउनुहोस

कामको असफलातादेखी डर लाग्छ ? यी उपायहरु अपनाउनुहोस : Icon Khabar

काठमाडौँ, चैत २४ । कुनै पनि काम आफूले सोचेको अनुसार नहुनुले मन खिन्न हुन्छ, मान्छे टुट्छ र डिप्रेसनमा समेत जान सक्छ । तर काम गर्दा केही कुराहरुमा ध्यान पुर्याउनाले आफ्नो काम असफल हुनुबाट केही हदसम्म जोगिन सकिन्छ :

– काम गर्दा गर्दै कहिल्यै पनि त्यसलाई बिचमा छोड्नु हुँदैन ।

– काम गर्दै गर्दा उत्साहमा विस्तारै कमि आउंदै जान्छ, त्यो उत्साहलाई जोगाइराख्न आफ्नो काममा नयाँ-नयाँ प्रयोग अपनाउनुपर्छ ।

– एउटा तरिका अपनाउँदा काम सफल भएन भने आफ्नो उद्देश्यलाई होईन की काम गर्ने त्यो तरिकालाई छोडेर नयाँ तरिका अपनाउनुपर्छ ।

– आफ्नो विगतलाई बिर्सेर अगाडी बढ्नुपर्छ । तर विगतले सिकाएका पाठहरुलाई सधै सम्झिनुपर्छ ।

– नयाँ-नयाँ कुरा सिक्ने बानीको विकास गर्नुपर्छ ।

– काम गर्दा सधै अनुशासनमा रहेर काम गर्नुपर्छ ।

– आत्मविश्वासलाई जोगाईरख्नुपर्छ।

– सधै काममा लाग्नुको साटो आफ्नो लागि केहि समय छुट्टाउनु राम्रो हुन्छ । यसले आफूलाई फ्रेस बनाउछ र सिर्जनात्मक क्षमतामा वृद्धि गर्छ।

– आलोचनालाई सुन्नुपर्छ तर त्यसले निराश हुने वा त्यसलाई वास्ता नगर्ने भन्दापनि त्यसलाई विश्लेषण गरेर आफू त्यहि अनुसार अगाडी बढ्नुपर्छ ।

Published Date: 07 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर