आगामी चैत २७ गतेदेखि सुरू हुने विश्व प्रसिद्ध बिस्का: जात्राको तयारि बारे भक्तपुरमा अनुगमन

आगामी चैत २७ गतेदेखि सुरू हुने विश्व प्रसिद्ध बिस्का: जात्राको तयारि बारे भक्तपुरमा अनुगमन : Icon Khabar

भक्तपुर, चैत २४ । विश्व प्रसिद्ध भक्तपुरको बिस्का:जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुगमन गरेको छ।

अनुगमनमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्व, सहायक प्रजिअ माधवप्रसाद शर्मा, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वली, जात्रा व्यवस्थापन समितिलगायत जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्तित्वहरू सहभागी थिए।

अनुगमनमा जात्राका लागि भैरव, भद्रकालीको रथ निर्माणको अवस्था, जात्राका लागि आवश्यक सामग्रीको अवस्था, लिङ्गो उठाउने ठाउँ ल्यासिंखेल र लिङ्गोको अवस्था, जात्राको तयारी एवम् जात्राको रुटको अवस्थाका बारेमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए।

उनले दिएको जानकारी अनुसार जात्रा सञ्चालनका रुटमा रहेका निर्माण सामग्री हटाउन, जात्राको रुटमा रहेका विभिन्न इन्टरनेट तथा केबुल टिभीका लत्रिएका तार व्यवस्थित गर्न, जात्रा अवधिभर विद्युत् आपूर्ति नरोक्न, जात्रा अवधिभर खानेपानीको वितरण नियमित गर्न, अस्पताललाई तयारी अवस्थामा रहन, सिसी क्यामरा व्यवस्थित गर्ने जस्ता कुराको सिलसिलामा अनुगमन भएको हो।

Published Date: 07 April 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी