कैयौं नगद बन्डल देखाएर टिकटक भिडियो बनाएर पक्राउ परेका आचार्य रिहा

कैयौं नगद बन्डल देखाएर टिकटक भिडियो बनाएर पक्राउ परेका आचार्य रिहा : Icon Khabar

काठमाडौं, चैत २४ । ओछ्यानमा कैयौं बन्डल नगदसहित टिकटकमा भिडियो पोस्ट गर्ने व्यक्तिलाई भविष्यमा यस्तै भिडियो नपोस्ट नगर्न चेतावनी दिएपछि रिहा गरिएको छ ।

नेपाल राष्ट्र बैंकले उक्त व्यक्तिको बारेमा समाचार प्रकाशित गरेपछि यस सम्बन्धमा खोजी गरिरहेको काठमाडौं प्रहरी परिसरले भिडियो बनाउने व्यक्ति महोत्तरी जिल्ला, बर्दिवास–१ का स्थायी बासिन्दा सुलभ आचार्य रहेको जनाएको छ । उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकथलीमा बस्छन् ।

आचार्यले ओछ्यानमा एक हजार र पाँच सयका नोट राखेको भिडियो बनाएका थिए । सोधपुछ गर्दा उनले विदेशमा पढ्न गएकाले कलेजको शुल्क तिर्न बैंकबाट पैसा निकालेको बताए । आफ्नो वरिपरि पैसा लगाएर भिडियो बनाउन रमाइलो हुन्छ भन्ने लागेको उनले बताए ।

अनुसन्धानका क्रममा उनको बयानका आधारमा एभरेष्ट बैंकबाट रकम झिकिएको पाइएको थियो । आगामी दिनमा यस्ता गतिविधि नगर्न चेतावनी दिइएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले बताए ।

Published Date: 07 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर