कैयौं नगद बन्डल देखाएर टिकटक भिडियो बनाएर पक्राउ परेका आचार्य रिहा

कैयौं नगद बन्डल देखाएर टिकटक भिडियो बनाएर पक्राउ परेका आचार्य रिहा : Icon Khabar

काठमाडौं, चैत २४ । ओछ्यानमा कैयौं बन्डल नगदसहित टिकटकमा भिडियो पोस्ट गर्ने व्यक्तिलाई भविष्यमा यस्तै भिडियो नपोस्ट नगर्न चेतावनी दिएपछि रिहा गरिएको छ ।

नेपाल राष्ट्र बैंकले उक्त व्यक्तिको बारेमा समाचार प्रकाशित गरेपछि यस सम्बन्धमा खोजी गरिरहेको काठमाडौं प्रहरी परिसरले भिडियो बनाउने व्यक्ति महोत्तरी जिल्ला, बर्दिवास–१ का स्थायी बासिन्दा सुलभ आचार्य रहेको जनाएको छ । उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकथलीमा बस्छन् ।

आचार्यले ओछ्यानमा एक हजार र पाँच सयका नोट राखेको भिडियो बनाएका थिए । सोधपुछ गर्दा उनले विदेशमा पढ्न गएकाले कलेजको शुल्क तिर्न बैंकबाट पैसा निकालेको बताए । आफ्नो वरिपरि पैसा लगाएर भिडियो बनाउन रमाइलो हुन्छ भन्ने लागेको उनले बताए ।

अनुसन्धानका क्रममा उनको बयानका आधारमा एभरेष्ट बैंकबाट रकम झिकिएको पाइएको थियो । आगामी दिनमा यस्ता गतिविधि नगर्न चेतावनी दिइएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2023
Website | + posts




ताजा
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने