सुनको भाउ आज पनि घट्यो, कति हो आज प्रति तोलाको मूल्य ?

सुनको भाउ आज पनि घट्यो, कति हो आज प्रति तोलाको मूल्य ? : Icon Khabar

काठमाडौँ, चैत २४ । शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला एक लाख १० हजार २०० रुपैयाँमा झरेको थियो । २ दिनमा सुनकाे भाउ ताेलामा एक हजार रूपैयाँले सस्तिएकाे हाे ।

शुक्रबार चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ । अघिल्लो कारोबार दिन भने चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर भएर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2023
Website | + posts