सुनको भाउ आज पनि घट्यो, कति हो आज प्रति तोलाको मूल्य ?

सुनको भाउ आज पनि घट्यो, कति हो आज प्रति तोलाको मूल्य ? : Icon Khabar

काठमाडौँ, चैत २४ । शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला एक लाख १० हजार २०० रुपैयाँमा झरेको थियो । २ दिनमा सुनकाे भाउ ताेलामा एक हजार रूपैयाँले सस्तिएकाे हाे ।

शुक्रबार चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ । अघिल्लो कारोबार दिन भने चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर भएर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 07 April 2023


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली