विदेश अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट लिने नेपाली विद्यार्थीको संख्या गत साउन यता करिब ८० हजार पुग्यो

विदेश अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट लिने नेपाली विद्यार्थीको संख्या गत साउन यता करिब ८० हजार पुग्यो : Icon Khabar

काठमाडौं, चैत २४ । करिब ८० हजार नेपाली विद्यार्थीले विदेश पढ्न नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार सन् २०२२ को जुलाईदेखि २०२३ मार्चसम्म ७९ हजार ३०९ जनाले विदेश अध्ययन स्वीकृति लिएका छन् ।

विदेशी अध्ययन अनुमति शाखाले अनलाइन आवेदन दिएको भोलिपल्टदेखि एनओसी दिन थालेको छ । बिहीबार ६०९ अनलाइन आवेदनमध्ये ५२९ आवेदन स्वीकृत भएका छन् । आवेदन स्वीकृत भएका ५०० आवेदकले शुक्रबार एनओसी पत्र पाउनेछन् ।

शाखाका अनुसार विभिन्न देशमा अध्ययनका लागि दैनिक औसत ६ सय जनाले विदेशी अध्ययन अनुमतिका लागि आवेदन दिने गरेका छन् । अब यसले सेवा प्रवाहलाई सहज र छिटो बनाउँदै लगेको वस्तीले बताए ।

सम्बन्धित विद्यार्थीलाई अनलाइन आवेदन दिने र एनओसी लिने समयबारे जानकारी गराउन थालेपछि लाइनमा बस्नेको संख्या घटेको शाखाले जनाएको छ ।

एनओसी लिन आउने विद्यार्थीलाई सहज सेवा दिन आफूले सक्दो प्रयास गरिरहेको वस्तीले बताए । उनले भने, ‘ग्राहकको सुविधाका लागि नि:शुल्क वाईफाई सेवा उपलब्ध गराइनेछ ।

‘विद्यार्थीलाई सहज बनाउने प्रयासमा छौं । हाम्रा साथीहरुको मिहिनेतले अब सोही दिन निवेदन दिने र भोलिपल्ट एनओसी जारी गर्न सफल भएका छौँ । अब नि:शुल्क वाइफाइ सुविधा उपलब्ध गराएर यसलाई थप सहज बनाउने प्रयासमा छौं,’ उनले भने ।

Published Date: 07 April 2023


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली