विदेश अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट लिने नेपाली विद्यार्थीको संख्या गत साउन यता करिब ८० हजार पुग्यो

विदेश अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट लिने नेपाली विद्यार्थीको संख्या गत साउन यता करिब ८० हजार पुग्यो : Icon Khabar

काठमाडौं, चैत २४ । करिब ८० हजार नेपाली विद्यार्थीले विदेश पढ्न नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार सन् २०२२ को जुलाईदेखि २०२३ मार्चसम्म ७९ हजार ३०९ जनाले विदेश अध्ययन स्वीकृति लिएका छन् ।

विदेशी अध्ययन अनुमति शाखाले अनलाइन आवेदन दिएको भोलिपल्टदेखि एनओसी दिन थालेको छ । बिहीबार ६०९ अनलाइन आवेदनमध्ये ५२९ आवेदन स्वीकृत भएका छन् । आवेदन स्वीकृत भएका ५०० आवेदकले शुक्रबार एनओसी पत्र पाउनेछन् ।

शाखाका अनुसार विभिन्न देशमा अध्ययनका लागि दैनिक औसत ६ सय जनाले विदेशी अध्ययन अनुमतिका लागि आवेदन दिने गरेका छन् । अब यसले सेवा प्रवाहलाई सहज र छिटो बनाउँदै लगेको वस्तीले बताए ।

सम्बन्धित विद्यार्थीलाई अनलाइन आवेदन दिने र एनओसी लिने समयबारे जानकारी गराउन थालेपछि लाइनमा बस्नेको संख्या घटेको शाखाले जनाएको छ ।

एनओसी लिन आउने विद्यार्थीलाई सहज सेवा दिन आफूले सक्दो प्रयास गरिरहेको वस्तीले बताए । उनले भने, ‘ग्राहकको सुविधाका लागि नि:शुल्क वाईफाई सेवा उपलब्ध गराइनेछ ।

‘विद्यार्थीलाई सहज बनाउने प्रयासमा छौं । हाम्रा साथीहरुको मिहिनेतले अब सोही दिन निवेदन दिने र भोलिपल्ट एनओसी जारी गर्न सफल भएका छौँ । अब नि:शुल्क वाइफाइ सुविधा उपलब्ध गराएर यसलाई थप सहज बनाउने प्रयासमा छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2023
Website | + posts




ताजा
देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन
बाराहीस्थानबाट वंशगोपालसम्म र रामन्दिरदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक ‘वान वे’ गर्ने तयारी
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण