सिन्धुपाल्चोकको याङ्ग्रीलार्केमा बाढी प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने

सिन्धुपाल्चोकको याङ्ग्रीलार्केमा बाढी प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने : Icon Khabar

काठमाडौं, चैत २४ । सिन्धुपाल्चोकको याङ्ग्रीलार्केमा बाढी प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी बसोबासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भागमा रहेको याङ्ग्रीलार्के खोलामा २०७८ असार १ गते आएको बाढीले ठूलो क्षति पुर्याएको थियो । बाढी प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माणका लागि जग्गा खरिद सम्झौता भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो । बाढीबाट १७९ परिवार प्रभावित भएका छन् ।

‘यसमध्ये १३ परिवारले आफ्नो घर पुनर्निर्माण गर्नुपर्ने र बाँकीको पुनर्स्थापना गर्नुपर्ने आवश्यकता छ,’ उनले भने । हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ । पाँच परिवारले घर निर्माणको काम पूरा गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढी प्रभावितलाई घर बनाउन प्रति परिवार ५ लाख र जग्गा नभएकालाई थप ३ लाख दिइने छ ।

‘यसमा गाउँपालिकाले १० प्रतिशत र नगरपालिकाले १५ प्रतिशत हिस्सा लिनुपर्नेछ’, उनले भने । २०७८ असार १ गते यता आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा ५५० घर बगाएको थियो ।

Published Date: 07 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर