प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बस्दै : Icon Khabar

काठमाडौं, चैत २४ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ लाई विचार गर्न प्रस्ताव पेश गर्ने कार्यसूचीसहित राष्ट्रियसभाबाट सन्देश पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2023
Website | + posts