मोडर्नमा मिस्टर एण्ड मिस माेडर्न कन्टेस्ट २०७९ सम्पन्न

मोडर्नमा मिस्टर एण्ड मिस माेडर्न कन्टेस्ट २०७९ सम्पन्न : Icon Khabar

भक्तपुर, पुष १६। माेडर्न स्कुल र कलेज, सृजना नगर भक्तपुरद्वारा आयाेजित मिस्टर एण्ड मिस माेडर्न कन्टेस्ट २०७९ शुक्रबार सम्पन्न भएको छ ।
सो कार्यक्रममा यस बर्षको मिस्टर माेडर्न हेमन्त तामाङ, मिस माेडर्न विन्दिया बुढाथोकी, मिस्टर माेडर्न ट्यालेन्ट कुशल बढुवाल, मिस माेडर्न ट्यालेन्ट रेश्मा खनाल, मिस्टर माेडर्न पर्सनालिटी करून बास्ताेला र मिस माेडर्न पर्सनालिटी राेजिना पाैडेल खत्री हुन सफल भए।

उक्त कार्यक्रममा प्रमुख अतिथिमा राष्ट्रिय परीक्षा बाेर्ड, वागमती प्रदेश काठमाडौंका कार्यालय प्रमुख जयन्ती सत्याल, प्याब्सन भक्तपुरका अध्यक्ष र नवरत्न स्कुलका प्रिन्सिपल सुरेन्द्र तबन्जा श्रेष्ठ, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, इसान भक्तपुरका अध्यक्ष पुरूशाेत्तम ग्वाच्छा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

नृत्य प्रशिक्षक, निर्देशक समीर श्रेष्ठ, संगीत संयाेजक, गायक र संगीतकार तथा माछापुच्छ्रे बैंक थिमि शाखाका प्रमुख हेम लामाले निर्णायकको भूमिका खेलेका थिए।

गत वर्षकाे मिस्टर एण्ड मिस माेडर्न कन्टेस्ट -२०७८ का सबै सहभागी विद्यार्थीहरूकाे सक्रिय नेतृत्वमा गरिएको यस कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई काेरियाेग्रफी किरण श्रेष्ठले गरेका थिए । यस कार्यक्रम माेडर्न स्कुल र कलेजका संस्थापक अध्यक्ष बाबुकाजि कसपालकाे सभापतित्वमा शंखधरचाेक थिमि भक्तपुर स्थित थिमि बैड्क्वेटमा गरिएको  प्रिन्सिपल अनिल कस्पालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 December 2022
Website | + posts
ताजा
पानी नपरेपछि काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा वायु प्रदुषण बढ्दै
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्यु दण्ड दिने फैसाला
राष्ट्र बैंकको खुद आम्दानी ८० अर्ब ४८ करोड रुपैयाँ
मुलुकभर तापक्रम घट्ने तथा चिसो बढ्ने क्रम जारी, सतर्क रहन आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )