मोडर्नमा मिस्टर एण्ड मिस माेडर्न कन्टेस्ट २०७९ सम्पन्न

मोडर्नमा मिस्टर एण्ड मिस माेडर्न कन्टेस्ट २०७९ सम्पन्न : Icon Khabar

भक्तपुर, पुष १६। माेडर्न स्कुल र कलेज, सृजना नगर भक्तपुरद्वारा आयाेजित मिस्टर एण्ड मिस माेडर्न कन्टेस्ट २०७९ शुक्रबार सम्पन्न भएको छ ।
सो कार्यक्रममा यस बर्षको मिस्टर माेडर्न हेमन्त तामाङ, मिस माेडर्न विन्दिया बुढाथोकी, मिस्टर माेडर्न ट्यालेन्ट कुशल बढुवाल, मिस माेडर्न ट्यालेन्ट रेश्मा खनाल, मिस्टर माेडर्न पर्सनालिटी करून बास्ताेला र मिस माेडर्न पर्सनालिटी राेजिना पाैडेल खत्री हुन सफल भए।

उक्त कार्यक्रममा प्रमुख अतिथिमा राष्ट्रिय परीक्षा बाेर्ड, वागमती प्रदेश काठमाडौंका कार्यालय प्रमुख जयन्ती सत्याल, प्याब्सन भक्तपुरका अध्यक्ष र नवरत्न स्कुलका प्रिन्सिपल सुरेन्द्र तबन्जा श्रेष्ठ, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, इसान भक्तपुरका अध्यक्ष पुरूशाेत्तम ग्वाच्छा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

नृत्य प्रशिक्षक, निर्देशक समीर श्रेष्ठ, संगीत संयाेजक, गायक र संगीतकार तथा माछापुच्छ्रे बैंक थिमि शाखाका प्रमुख हेम लामाले निर्णायकको भूमिका खेलेका थिए।

गत वर्षकाे मिस्टर एण्ड मिस माेडर्न कन्टेस्ट -२०७८ का सबै सहभागी विद्यार्थीहरूकाे सक्रिय नेतृत्वमा गरिएको यस कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई काेरियाेग्रफी किरण श्रेष्ठले गरेका थिए । यस कार्यक्रम माेडर्न स्कुल र कलेजका संस्थापक अध्यक्ष बाबुकाजि कसपालकाे सभापतित्वमा शंखधरचाेक थिमि भक्तपुर स्थित थिमि बैड्क्वेटमा गरिएको  प्रिन्सिपल अनिल कस्पालले जानकारी दिए ।

Published Date: 31 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर