सामसङ नेपालद्वारा लक्षित कन्जुमर इलेक्ट्रोनिक्समा नयाँवर्ष २०८० को अफर योजना सार्वजनिक

सामसङ नेपालद्वारा लक्षित कन्जुमर इलेक्ट्रोनिक्समा नयाँवर्ष २०८० को अफर योजना सार्वजनिक : Icon Khabar

काठमाडौं, चैत २२ ।  नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आउनलागेको नयाँवर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभी देखि होम अपलायन्सहरूमा नयाँवर्ष अफर घोषणा गरेको छ । यो अफर २०८० साल जेठ २ गत ेसम्म लागु हुने छ । यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनकालागि लागु हुनेछ । नयाँवर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१% सम्म क्यासब्याक दिएको छ ।

सामसङ टिभी विगत १७ वर्ष देखि विश्वव्यापी रूपमा नम्बर १ रहेको छ । कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागशिपक्युएलइदि टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ । साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशत सम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्छन् । सामसङ फ्रेम टिभीहरु, एक टेष्टफुल्ली डिजाइन गरिएको टिभी हो जसले कन्जुमरहरूलाई बेजेल विकल्पहरूको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्न सक्ने अनुभुति परदान गर्छ । यसलाई छुट गरिएको मुल्यमा खरिद गर्न सकिन्छ । त्यसैगरी, सामसङको स्मार्ट टिभीले तपाईलाई भ्वाइस असिस्टेन्स, पीसी र म्युजिक सिस्टम जस्ता धेरै सुविधाहरू अनवाइन्ड गर्ने, सिक्ने र अन्वेषण गर्ने अवसर दिन्छ । एक वर्षको पूर्ण उत्पादनवारेन्टी टिभीमा प्रदान गरिएको छ र कम्पनीले प्यानलहरूमा थप एक वर्षको वारेन्टी प्रदान गर्दछ ।
यो नयाँवर्ष सँगै कन्जुमरले आफ्नो भान्छा घरमा पनि नयाँ परिवर्तन ल्याउन सक्छन् । साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सक्नुहुन्छ जुन ७०० लिटर क्षमता सम्मको छ । यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैका लागि उपलब्ध छन ्। यसमा २५ प्रतिशत सम्म क्यास ब्याक ग्यारेन्टी गरिएको छ ।

ग्राहकहरुले एआई इकोबबल टीएम वाशिंगमशीन मा पर्सनलाइज्द लन्द्री एक्सपिरिएन्स प्राप्त गर्न सक्छन् जसमा सजेस्टिभ साइकलहरू उपलब्ध छन् र उनीहरुको ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याकउपलब्ध छ। साथै, कन्जुमरहरुले फ्रन्ट लोड वासिंग मसीनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजीक्षमता र हाइजीन स्टीम सुविधा सहित आउँने बताएको छ ।

यो विश्वव्यापी रूपमा पहिलो पटक कुनै इलेक्ट्रोनिक ब्राण्डले आफ्नो उत्पादनमा २० वर्षको वारान्टी प्रदान गर्दै छ । सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआईटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ । जर्मन एसोसिएसन फर इलेक्ट्रिकल, इलेक्ट्रोनिक र सूचनाप्रविधि (भर्ब्यान्ड डचर इलेक्ट्रोकनिकर – भीडीई) ले पनि डिजिटल कम्प्रेसर (फ्रिज) लाई २१ वर्षको विश्वसनीयता प्रमाणपत्र प्रदान गरेको छ । यो प्रमाणीकरण आईएसओ १५५०२ सट्यान्डर्ड प्रयोग गरी संचालन गरिएको इन्टरनल टेष्टिङपछि दिइएको थियो ।

सामसङले आफ्नाकन्जुमरहरुको लागिचुनिएको वस्तुहरूमा फ्रि– इन्स्टलेसन पनिउपलब्ध गराउँछ। यो अफर हिमइलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपालभर उपलब्ध छ ।

सामसङ इलेक्ट्रोनिक्स कम्पनीको लिमिटेडको बारेमा
सामसङले विश्वलाई प्रेरित गर्छ । यसले परिवर्तनकारी विचार र प्रविधिहरूद्वारा भविष्यलाई आकार दिन्छ । कम्पनीले टिभी, स्मार्टफोन, पहिरन योग्य उपकरण, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, प्रणाली एलएसआई, फाउन्ड्री र एलईडी समाधानहरूको विश्वलाई पुनः परिभाषित गर्दैछ । सामसङ नेपालको ताजा समाचारको लागि http://news.samsung.com/in मा सामसङ न्यूजरुममा हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2023
Website | + posts






ताजा
प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने हमासको घोषणा
आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढ्यो
भक्तपुरको हनुमन्ते खोला जलसतह सतर्कता तह आसपास रहेकोले सावधानी अपनाउन आग्रह
राष्ट्रिय पुस्कारका लागि किशोर कुमारसँग घुस मागेपछि……




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल