इन्टरभ्याली ह्विलचेयर बास्केटबल सुरु

आर्मीको विजयी सुरुवात

इन्टरभ्याली ह्विलचेयर बास्केटबल सुरु : Icon Khabar

काठमाडौं, चैत २२ । नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा आजबाट त्रिपुरेश्वरस्थित कभर्डहलमा इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ मा सुरु भएको छ ।

गोकर्णेश्वर नगरपालिका र चाँगुनारायण नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको संघिय साँसद सन्तोष चालिसेले एक कार्यक्रमविच उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै साँसद चालिसेले फरक क्षमता रहेका खेलाडीहरुको पारा खेललाई प्रार्थमिकतामा राखेर आफुले आवाज उठाउने बताए ।

दुई दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ९ल्क्ऋक्ष्क्ब्०, स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाल , त्रिभुवन आर्मी क्लब , बुद्धिसरा इन एक्सन र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब गरि ५ टिम रहेका छन् । यस्तै महिला तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन , बुद्धिसरा इन एक्सन , ओमेन ह्विलचियर बास्केटबल एशोसियसन र ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल गरि ४ टिम रहेका छन् ।

आज भएको खेलमा पुरुष तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । टिएसीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई २६ – २१ अंकको अन्तरले पराजित गर्यो । यस्तै पुरुष तर्फको अर्को खेलमा आयोकज नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १६ – १३ अंकले पराजित गर्यो । अर्को खेलमा बुद्धिसरा इन एक्सनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १७ – १२ ले पराजित गर्यो ।

महिला तर्फको खेलमा आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ओमेन ह्विलचियर बास्केटबल एशोसियसन संग १० – १६ ले पराजित भयो । यस्तै अर्को खेलमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपालले बुद्धिसरा इन एक्सनलाई ६ – २ अंकले पराजित गर्यो ।
को सहभागिता रहेको छ । पुरुष तर्फको ५ टिमलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराईएको छ । उपाधीका लागि चार टिमविच सेमिफाईनल र फाईनल खेल खेलाईनेछ । यस्तै महिला तर्फ राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गरिने र उत्कृष्ट दुई टिमविच उपाधीका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव शान्ति बहादुर बस्नेत, नेपाल बास्केटबल संघका अध्यक्ष भिम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

Published Date: 05 April 2023
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै (फोटो फिचर)
कमलविनायकको सरस्वती विद्यागृहमा २३२९ मत खस्यो
महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो