इन्टरभ्याली ह्विलचेयर बास्केटबल सुरु

आर्मीको विजयी सुरुवात

इन्टरभ्याली ह्विलचेयर बास्केटबल सुरु : Icon Khabar

काठमाडौं, चैत २२ । नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा आजबाट त्रिपुरेश्वरस्थित कभर्डहलमा इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ मा सुरु भएको छ ।

गोकर्णेश्वर नगरपालिका र चाँगुनारायण नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको संघिय साँसद सन्तोष चालिसेले एक कार्यक्रमविच उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै साँसद चालिसेले फरक क्षमता रहेका खेलाडीहरुको पारा खेललाई प्रार्थमिकतामा राखेर आफुले आवाज उठाउने बताए ।

दुई दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ९ल्क्ऋक्ष्क्ब्०, स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाल , त्रिभुवन आर्मी क्लब , बुद्धिसरा इन एक्सन र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब गरि ५ टिम रहेका छन् । यस्तै महिला तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन , बुद्धिसरा इन एक्सन , ओमेन ह्विलचियर बास्केटबल एशोसियसन र ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल गरि ४ टिम रहेका छन् ।

आज भएको खेलमा पुरुष तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । टिएसीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई २६ – २१ अंकको अन्तरले पराजित गर्यो । यस्तै पुरुष तर्फको अर्को खेलमा आयोकज नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १६ – १३ अंकले पराजित गर्यो । अर्को खेलमा बुद्धिसरा इन एक्सनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १७ – १२ ले पराजित गर्यो ।

महिला तर्फको खेलमा आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ओमेन ह्विलचियर बास्केटबल एशोसियसन संग १० – १६ ले पराजित भयो । यस्तै अर्को खेलमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपालले बुद्धिसरा इन एक्सनलाई ६ – २ अंकले पराजित गर्यो ।
को सहभागिता रहेको छ । पुरुष तर्फको ५ टिमलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराईएको छ । उपाधीका लागि चार टिमविच सेमिफाईनल र फाईनल खेल खेलाईनेछ । यस्तै महिला तर्फ राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गरिने र उत्कृष्ट दुई टिमविच उपाधीका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव शान्ति बहादुर बस्नेत, नेपाल बास्केटबल संघका अध्यक्ष भिम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2023
Website | + posts