झापा जिल्ला आमन्त्रण चेस सुरु

झापा जिल्ला आमन्त्रण चेस सुरु : Icon Khabar

झापा, चैत २२ । झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगिता मंगलबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथी कोशी प्रदेशका सांसद गोपाल तामाङले  उद्घाटन गरे । स्वीस लिगको आधारमा तीन दिनसम्म हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ९ हजार ५ सय रुपैया रहेको छ । प्रतियोगिताको आयोजक नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् ।

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिए ।

पहिलो दिन दुई चरणको खेल सकिँदा राजन सुबेदी, विकास मैनाली, विश्व विजय घिमिरे,विक्रम सिंघक,हिमाल राई र उमेस राईको दूइृ अंक छ ।

Published Date: 05 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास