विभिन्न ३४ वटा आरोप लागेपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

विभिन्न ३४ वटा आरोप लागेपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ : Icon Khabar

अमेरिका, चैत २२ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । न्यूयोर्क टाइम्सका अनुसार सार्वजनिक आपराधिक गतिविधि गरेको लगायतका विभिन्न ३४ वटा आरोप लागेका छन् ।

ती आरोपहरुको आदालतमा सुनुवाई भइरहेको छ । यसअघि पक्रउ पर्नुअघि उनी मंगलबार अदालतमा हाजिर भएका थिए । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफू निर्दोष रहेको बताएका थिए । अदालतको आदेशपछि उनी औपचारिकरुपमै पक्राउ परेका हुन् ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई तथ्यहरु सार्वजनिक नगर्न भन्दै रकम दिएको, गैरकानुनी तरिकाले सम्पति जम्मा गरेको तथा राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट महत्वपूर्ण कागजात गायब पारेको लगायतका आरोप लगाइएको छ ।

यस्तै, गएको राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गरी आफ्ना समर्थकलाई संसद भवनमा आक्रमण गर्न उक्साएको लगायतका थुप्रै आरोपहरु उनीमाथि लागेको छ ।

Published Date: 05 April 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु