आगामी आर्थिक बर्ष २०२४ मा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

यस वर्ष नेपालको वृद्धिदर अघिल्लो अनुमानभन्दा सुस्त हुने विश्व बैंकको अनुमान

आगामी आर्थिक बर्ष २०२४ मा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण : Icon Khabar

काठमाडौँ, चैत २२ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ। एसियाली विकास बैंकले पनि चालु वर्षको नेपालको वृद्धि दर सोही दरमा हुने प्रक्षेपण गरेको थियो ।

आयात प्रतिबन्ध, मौद्रिक नीतिमा कडाइ, उच्च मुद्रास्फीति र सरकारी खर्चमा आएको कमीले राजस्व संकलन प्रभावित भएका कारण यस वर्ष नेपालको वृद्धिदर अघिल्लो अनुमानभन्दा सुस्त हुने विश्व बैंकले जनाएको छ ।

मंगलबार पछिल्लो नेपाल विकास अपडेट सार्वजनिक गर्दै बैंकले उथलपुथल वातावरणमा फाइन ट्युनिङ नीतिले नेपालको अर्थतन्त्र यो वर्ष ४.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो। यो गत अक्टोबर २०२२ को प्रक्षेपणको तुलनामा तलको परिमार्जन हो। पर्यटनको पुनःस्थापना, रेमिट्यान्समा भएको वृद्धि र मौद्रिक नीतिको क्रमिक सहजताले आगामी आर्थिक वर्ष २०२४ मा वृद्धि ४.९ प्रतिशतमा पुग्ने गरिएको छ।

Published Date: 05 April 2023


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली