आगामी आर्थिक बर्ष २०२४ मा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

यस वर्ष नेपालको वृद्धिदर अघिल्लो अनुमानभन्दा सुस्त हुने विश्व बैंकको अनुमान

आगामी आर्थिक बर्ष २०२४ मा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण : Icon Khabar

काठमाडौँ, चैत २२ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ। एसियाली विकास बैंकले पनि चालु वर्षको नेपालको वृद्धि दर सोही दरमा हुने प्रक्षेपण गरेको थियो ।

आयात प्रतिबन्ध, मौद्रिक नीतिमा कडाइ, उच्च मुद्रास्फीति र सरकारी खर्चमा आएको कमीले राजस्व संकलन प्रभावित भएका कारण यस वर्ष नेपालको वृद्धिदर अघिल्लो अनुमानभन्दा सुस्त हुने विश्व बैंकले जनाएको छ ।

मंगलबार पछिल्लो नेपाल विकास अपडेट सार्वजनिक गर्दै बैंकले उथलपुथल वातावरणमा फाइन ट्युनिङ नीतिले नेपालको अर्थतन्त्र यो वर्ष ४.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो। यो गत अक्टोबर २०२२ को प्रक्षेपणको तुलनामा तलको परिमार्जन हो। पर्यटनको पुनःस्थापना, रेमिट्यान्समा भएको वृद्धि र मौद्रिक नीतिको क्रमिक सहजताले आगामी आर्थिक वर्ष २०२४ मा वृद्धि ४.९ प्रतिशतमा पुग्ने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू