निगमले हवाई इन्धनको मूल्य घटायो, नयाँ हवाई भाडा आजदेखि लागू हुने

निगमले हवाई इन्धनको मूल्य घटायो, नयाँ हवाई भाडा आजदेखि लागू हुने : Icon Khabar

काठमाडौँ, चैत २२ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

हवाई भाडा परिमार्जनसँगै काठमाडौंदेखि धनगढीको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ । अहिले हवाई भाडा रु ७,०७० लाग्छ। यसअघि ७ हजार ५१० रुपैयाँ थियो । त्यस्तै, पर्वतीय उडानको नयाँ भाडा रु ५ हजार ४९० तोकिएको छ । काठमाडौंबाट सञ्चालन हुने उडानको भाडामा ३ सय ४५ रुपैयाँ घटाइएको छ ।

त्यसैगरी काठमाडौं–भद्रपुरको हवाई भाडामा ३ सय, काठमाडौं–विराटनगर २ सय ४०, काठमाडौं–जनकपुर १३० रुपैयाँ, काठमाडौं–पोखरा १ सय ५५ रुपैयाँ, काठमाडौं–भरतपुर १ सय १०, काठमाडौं–भैरहवा ५ रुपैयाँले घटाइएको छ । नेपालगन्जबाट रु १८५ र काठमाडौँदेखि सुर्खेत रु ३ सय ४५ भाडादरमा छ ।

Published Date: 05 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग